पोखरा देखि काठमाण्डौं रुटमा एसियाकै उत्कृष्ट सेवा आज देखि संचालनमा

 पोखरा २६, असोज:

पर्यटकलाई लक्षित गरी आज घटस्थापनाको दिन देखि पोखरा देखि काठमाण्डौं रुटमा एसियाकै उत्कृष्ट सेवा संचालनमा आएको छ । पृथ्बीराजमार्ग वस संचालक समितिद्धारा संचालन भएको पोखरा जगदम्बा ट्राभल्सले उक्त अत्याधुनि सुविधा सम्पन्न बस सेवा नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा संचालनमा ल्याएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले उक्त सेवाको शुभारम्भ गर्दै विसम परिस्थितीमा यस्तो सेवा संचालन गर्नु ठुलो चुनौती भएको बताए । उनले भने “देश भरी पेट्रोलिय पदार्थ अभाव भएको अबस्थामा अन्य व्यवसायीहरुलाई समेत पे्ररणा दिने उद्धेश्यले आएको यस सेवालाई निरन्तरता दिनु पर्दछ ।”

पोखरा जगदम्बा ट्राभल्सले यातयात क्षेत्रमा नयाँ आयाम थप्ने उद्धेश्यले एसियामै पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न भएको दुई वटा वस पहिलो चरणमा पोखरा भित्राएको ट्राभल्सका संचालक केशवराज अधिकारीले बताए । उनले भने “ हामीले पर्यटकहरुलाई नै लक्षित गरी उक्त वस पोखरा भित्राएका हौं ।” उक्त वसमा मिनि वार सहितको सुविधाहरु रहेको छ । उनका अनुसार उक्त वसमा वस होष्टेज रहेकी छिन भने जुन सेवा हवाई जहाजमा भएको जस्तै गरी मिनि वारको रुपमा सेवा रहेकोे छ । वसमा यात्रु चढेसंगै बस होष्टेजले स्वागत गर्ने छन भने फेस टावेलको उपलब्ध हुने छ । मिनि बारको रुपमा धुम्पान र मध्यपान बाहेक चिया÷कफि, चिसो पिय पदार्थ उपलब्ध गराउने छन भने वस होष्टेजले मिठाई तथा स्थानीय एवं राष्ट्रिय पत्रपत्रिका यात्रुहरु समक्ष पुराउने छन ।

बहुचर्चीत असोका लेल्याण्डको एउटा गाडीको मुल्य मात्र एक करोड ७५ लाख परेको कम्पनीले दाबी गरेको छ । २१ सिटे उक्त गाडीको भाडा शुल्क भने नेपालीहरुको लागि दुई हजार र विदेशीलाई २ हजार ५ सय रुपैया हुने भएको छ । पोखरामा आउने पर्यटकहरुलाई हवाई मार्गको विकल्पको रुपमा पनि यो सेवा संचालन गरेको बताएका अधिकारीले बताए । यो सेवा राम्रोसंग संचालन भएसंगै अन्य क्षेत्रमा समेत यस्तो सेवा विस्तार गर्न सकिने उनले जनाए ।

कम्पनीले तोकेको भाडामा यात्रुले वसभित्रै फ्रि वाइफाई देखि खाजा, खाना, पत्रपत्रिका पढ्न पाउने लगायतको सेवा प्राप्त गर्ने भएको संचालक अधिकारीले जनाए । यस वसमा रहने चालक, सहचालक र वस होष्टेजलाई एयर होष्टेलबाट तालिम समेत दिएको उनले जनाए । जगदम्बाले यातयात क्षेत्रमा नयाँ आयाम थप्ने क्रममा गतबर्ष देखि अत्याधुनिक एसि सहितका ४० वटा वसहरु संचालनमा ल्याएको दाबी गरेको छ । पोखरा विराटनगर, विराटनगर काठमाण्ठौ, विरगन्ज काठमाण्डौ, पोखरा दिल्ली समेत उक्त कम्पनीका वसहरु संचालन गर्दै आएको छ ।

सरकारले पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध गराउन नसक्दा देशमा हाल अस्त व्यस्त अबस्थामा पुगेको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले बताए । उनले भने “हामीले यातयातको क्षेत्रमा यात्रुहरुलाई अत्याधुनिक सुविदा दिने उद्धेश्यले यो सेवा सुरुवात गरो हौं, यसको परिक्षण सफल भए पछि यात्रुहरुको माग बढेमा पुनः अन्य बसहरु समेत फप्ने छौं ।” समितिका महासचिव योगेन्द्र बहादुर केसीले यात्रुको ईच्छा र चाहाना अनुसार आफुहरुले सुविधा सम्पन्न वस सेवा संचालन गर्दै जाने बताए । जगदम्वाका अर्को संचालक दामु अधिकारीले नेपालमा पनि अत्याधुनिक वस सेवा प्रयोग गर्न सक्ने यात्रु छन भनी प्रमाणित गर्न आफुहरुले उक्त सेवा संचालनमा ल्याएको दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button