अत्याधुनिक सपिङ कम्प्लेक्स पोखरा ट्रेड मल संचालनमा

पोखरा २६, असोज:

शुन्दर नगरी पोखरामा घटस्थापनाको दिन देखि अत्याधुनिक सपिङ कम्प्लेक्स “पोखरा ट्रेड मल” संचालनमा आएको छ । एक अर्व ६ करोडको लागतमा हालै निमार्ण कार्य सम्पन्न भएको उक्त मल घटस्थापनाको दिन देखि संचालनमा आएको पोखरा ट्रेड मल एण्ड हाउजीङ कम्पनि प्रालिका अध्यक्ष विन्दुकुमार थापाले बताए ।

साढे ६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त सपिङ मलको एक समारोहका विच संम्सदीय विकास समितिका सभापति एंव युवा नेता रविन्द्र अधिकारीले उद्घाटन गरेसंगै मंगलबार देखि मलमा औपचारीक रुपमा कारोवार सुरु भएको छ । २०६९ सालमा पोखराका ४३ जना युवा व्यावसायीहरुको अगुवाईबाट सुरु भएको उक्त मलमा हाल ६५ जना व्यावसायीहरुको लगानी भएको अध्यक्ष थापाले बताए ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका थापाले पोखरा ट्रेड मल स्थापनाले पोखराको आन्तरीक तथा बाहिय पर्यटन प्रवद्र्धनमा समेत थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उक्त मलमा ५ सय ३ वटा व्यापारीक स्टलहरु रहेको प्रालिका प्रवन्ध निर्देशक मिनराज काफ्लेले बताए । उनका अनुसार ४ सय १० वटा सटरहरु व्यापारीक प्रयोजनको लागि र एक सय एक वटा सटरहरु भने कार्यालय तथा गोदामको लागि प्रयोग हुने भएको छ ।

९३ वटा विभिन्न कार्यालय, व्यावसायीक प्रतिष्ठानले मलमा प्रयोग भएको काफ्लेले जनाए । नुन देखि सुनसम्मका सेवा सुविधा दिने उद्धेश्यले व्यापारीक पसलहरु संचालन गरेको प्रवन्ध निर्देशक काफ्लेले बताए । उनले भने “यस मलमा उपभोक्ताहरुलाई मुल्यमा सकभर एकरुपता हुने छ भने न्युनतम मुनाफामा सामानहरु विक्रि वितरण गरीने छ ।”उक्त मलको निमार्ण कार्य केहि महिना अघि सकिए पनि केहि पसलहरुको सजावटको कारणले गर्दा औपचारीक उद्घाटन दशैं पर्वको अवसरमा भएको उनले जनाए । पोखरामा अन्तराष्ट्रिय शहर तर्फ उन्मुख भएको अबस्थामा उक्त मलले आन्तरीक तथा बाह्यि पर्यटकहरुलाई समेत आकर्षण तथा धेरै सेवा सुविधा दिने भएको प्रवन्ध निर्देशक काफ्लेले दाबी गरे ।

५० लाख देखि ३ करोडसम्म लगानी गरेका युवाहरुले निर्माण भएकोे उक्त सपिङ कम्प्लेस भुईतला बाहेक ३ तलेमा निर्माण भएको उनले बताए । उनका अनुसार २९ हजार बर्गफिटको भुईतलामा पाकिङको व्याबस्था भएको छ । उक्त भवन ८ रेक्टर स्केलको भुकम्प प्रतिरोधात्मक भएको काफ्लेले दाबी गरे । पोखरा ट्रेड मलमा ग्रोसरी शप, लक्ता कपडा, ईलेक्ट्रीक, बैकीङ, मल्टिफ्लेक्स हल (दुई वटा फिल्म हल), अन्तराष्ट्रिय स्तरको फूडकोट, गेमीङ जोन लगायतका सेवा एकै भवनबाट पाईने भएको काफ्लेले बताए । फायरफाईटीङ, आगोलाग्नु भन्दा अघि नै संकेत दिने स्मोक डिटेक्टर, लिफ्ट, बिद्युतीय भर्याङ, सीसी क्यामरा लगायतको दृष्टिले गर्दा सुरक्षाको लागि कुनै कसुर बाँकी नराखेको काफ्लेले बताए ।

यसै, बिच संम्सदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले कार्यक्रममा बोल्दै सभापति अधिकारीले क्षेत्र नम्बर ४ मा पर्ने पोखरामा यस्तो मल संचालनमा आउनु पर्यटन प्रवद्र्धनमा थप मद्धत पुग्ने विश्वास व्यक्त गरे । पोखरामा दशैं पर्वको अवसरमा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको शिलन्यास हुने दाबी गर्दै उनले भने “भोलि हामीले चिन सरकारसंग विमानस्थल निमार्ण गर्ने बिषयमा ऋण सम्झौता गर्दै छौं ।” चिनीया एक टोली मंगबलार काठमाण्डौ आएकोले टोलीसंग क्यानको स्टमेटको आधारमै पिपिसि मोडलमै निमार्ण हुने गरी सम्झौता हुन लागेको उनले बताए । उक्त परियोजना २१ अर्वमा निमार्ण हुने भनिएकोमा चिनीया सरकारले नेपाललाई अनुदान स्वरुप ७ अर्व सहयोग गर्ने यस अघि नै घोषणा गरेको छ । उनले भने “अन्य विमानस्थल भन्दा पोखरा विमानस्थलको निमार्ण कार्य छिटो बन्ने छ, पर्यटकीय राजधानिको पोखरा यस प्रदेश उत्कृष्ट प्रदेश बनाउन हामी सवै एक हुनु पर्दछ ।”

देशमा हाल सवैले संविधानलाई स्वीकारेकोले अब समेट्नु पर्ने केहि कुरा पुनः सम्सोधन गर्न सकिने बताएका सभापति अधिकारीले दशैंको मुखमा नयाँ संविधान जारी गर्दा पनि देशका सवै जनताले खुसि हुनुपर्नेमा भारतले अघोषित रुपमा नाका वान्दी गरेर नेपालीलाई राम्रो शिक्षा दिएको टिपर्णी गरे । नेपालीहरुले आयात भन्दा आत्मनिर्भर तर्फ अब सोच्नु पर्ने बताउदै उनले भने “अत्यावसेक बस्तु आयात नहुदा हामीेले दुख पाउनुको साथै ठक्कर खाएका छौं, यसबाट अब हामीले पाठ सिक्नु पर्दछ ।” अहिलको अबस्थामा एउटा मात्र पसलबाट सामान किन्ने नियम तोडनु पर्ने बताउदै सभापति अधिकारीले खुल्ला अर्थतन्त्रमा उपभोक्ताले मन पराएको पसलबाट सामान किन्न सक्ने वातावरण हुनु पर्नेमा जोड दिए ।

नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालमा रोजगारको अवसर सृजना गरी व्यापार घाटा घटाएको खण्डमा मात्र देशको आर्थिक विकास हुने दाबी गरे । आत्मनिर्भरताको बिषय व्यापक व्याख्या गर्नु पर्ने उनको जोड थियो । पोखरा ट्रेड मल एण्ड हाउजीङ कम्पनि प्रालिका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाली कागेेंस कास्कीका सचिव कृष्ण केसी, एमाले कास्कीका कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ, एमाओबादी कास्कीका अध्यक्ष दिपक कोईराला, पोखरा उपमहानगरपालीका कार्यालयका बरिष्ठ अधिकृत ओमराज पौडेल, अन्नपूर्ण सोलारका नारायण बास्तोला, रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ लगायतले पोखरा ट्रोड मल पोखराको व्यापारी केन्द्रको रुपमा गुणस्तरीय सामान उपलब्ध गराउनु् पर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button