पोखरा ट्रेड मल भित्र दियालो विकास वैंकको शाखा

 पोखरा २६, असोज :

पोखरा क्षेत्रकै अत्याधुनिक सुविधा सम्पन्न पोखरा ट्रेड मल भित्र प्रोफेशनल दियालो विकास वैंकले मंगबलार देखि कारोवार सुरु गरेको छ ।
२०६४ साल असोज महिनामा काभ्रेको वनेपामा ३ जिल्ला कार्यक्षेत्र रहि स्थापना भएको वैंकले आफ्नो कार्यक्षेत्र विस्तार गरि क्षेत्रिय वैकको स्तरमा कार्य गर्दै आठौं वर्ष पुरा गरि नवौं वर्षमा प्रवेश गरेको अवसरमा घटस्थापनाको दिनमा आफ्नो आठौं शाखा उक्त मलमा संचालन गरेको हो ।

वैंकको आठौं शाखाको कारोवारको शुभारम्भ प्रोफेशनल दियालो विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामशरण न्यौपानेले गरे । शाखाको कारोवार शुरु भएवाट न्युरोड, चिप्लेढुङ्गा तथा महेन्द्रपुल आसपासका व्यापारी तथा सर्वसाधरण लाई थप र चुस्त वैकिङ सेवा पुग्ने भएको न्यौपानेले विश्वास लिएका छन ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button