नयाँ शक्तिमा युवालाई प्रथामिकता पुर्व प्रधानमन्त्री डा. भट्टराई

पोखरा २८, असोज:
पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति गठन सम्बन्धमा युवालाई पहिलो प्रथामिकता दिने बताएका छन । संवाद नेपालले विहिबार पोखरामा आयोजना गरेको वर्तमान परिस्थितीमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई संगको छलफल कार्यक्रममा बोल्दै भट्टराईले देश नयाँ युगमा प्रबेस गरेकोले अब देश हाक्ने जिम्मा नयाँ शक्तिको भएकोले नयाँ शक्तिमा युवाहरुलाई नै पहिलो प्रथामिकता दिने उद्घोष गरेका हुन।
उनले भने “हामीले एक चरणको राजनीतिक युग पुरा गयौं, देशमा नयाँ संविधान जारी भयो, अब यही स्थितिमा देश पुराना पार्टीबाट चल्न नसक्ने भएकोले नयाँ शक्तिको खोजिमा म हिडेको हुँ, सवै जातिहरुलाई स्थान दिने गरी बृहत छलफल गरी नयाँ सक्ति छिट्टै गठन हुने छ ।” एमाओबादीका पुर्व बरिष्ठ नेता समेत रहेका भट्टराईले आफ्ना पुराना पार्टीका केहि साथेहरु समेत आफ्नो नयाँ शत्तिमा आउने बताउदै नयाँ शक्तिले देश र जनताको आर्थिक विकास गर्नुको साथै देशलाई समृद्धितर्फ लैजाने दाबी गरे ।

उनले भने “ मैलै कुनै पार्टी त्याग गरे पनि अझै पनि मेरो जनता प्रति विश्वास छ, मलाई पनि धेरै जनताले विश्वास गरेका छन, त्यो विश्वास नगुम्ने गरी पद र सक्ता भन्दा नयाँ नेतृत्व जन्माउने अभियानमा म लागेकोले नयाँ बन्ने शक्तिमा म कुनै उच्च पदमा रहदिन ।”
एमाओबादी सहितका राजनैतिक नेताहरु भ्रष्टचार र सक्ता मोहको खेलमा लागेर देश र जनताको मर्म बुझन नसकेको उनको गुनासो छ । भारतमा नाकावन्दी र तपाईको पार्टी त्याग एकै चोटि भयो भारतसंग केहि साठ गाँठ छ की भन्ने सहभागिको जिज्ञासामा उनले भने “यो संयोगले एकै चोटि परेको हो, भारतले नाका वन्दी गरेको बिषयमा मैरे घोर बिरोध गर्दछु, भारतले नेपाल माथि गरेको नाका बन्दी छिटो खुलाउन कुटनितिक पहल आवश्यक छ, कुटनितिक पहल सफल नभए भारतलाई अन्तराष्ट्रिय दबाद दिनु पर्दछ । ”।

आफ्नो नयाँ शक्तिमा कुनै सशस्त्र द्धन्द नहुने बताउदै भट्टराईले देश र समयले खोजेको पार्टी जन्माउन चाहेको जनाए । सशस्त्र द्धन्दको समयमा भएका घटनाको नैतिक जिम्मेवार आफुले पनि लिने बताएका पुर्व प्रधानमन्त्री भट्टराईले नयाँ संविधान जारी हुनुमा सवै भन्दा बढी आफ्नो भुमिका रहेको दाबी गर्दै २०४६ सालदेखि पछिल्लो क्रममा संविधान निमार्णको लागि अग्रपत्तिमा आफु लडेको जनाए । संवाद नेपालका अध्यक्ष निलकण्ठ शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button