रत्नपूरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः बस्ताकोटी

पोखरा ३०, असोज:
रत्नपूरी बचत तथा ऋण सहकारी संस्थाको सातौं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेसनले पुनः रामप्रसाद बस्ताकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरा ६ ढाँड, रत्नपूरीमा कार्यालय रहेको उक्त सहकार्यको आगामी तीन बर्षे कार्यकालको लागि उपाध्यक्षमा दिनबन्धु पौडेल, सचिवमा मानबहादुर थापा, कोषाध्यक्षमा मातृकाराज घिमिरे, सहसचिवमा राधादेवि बराल र सदस्यहरुमा खिमबहादुर थापा, धर्मराज रोक्हा, मुक्तिनाथ पौडेल, भक्तबहादुर कार्की र हिमलाल काफ्ले रहेका छन । त्यसै गरी लेखा समितिका संयोजकमा राजेन्द्र प्रसाद पौडेल चयन भएका हुन ।

उक्त अवसरमा सहकारीका शेयर सदस्यका छोरा छोरी मध्यमबाट उत्कृष्ट अंक ल्याउन सफल भएका हेमन्तराज पौडेल र अस्मीता पौडेललाई सम्मान गरीएको छ । त्यसै गरी बृद्धबृद्धा ४ जनालाई समेत सम्मान गरीएको हो । सम्मानित हुनेहरुमा तुलसी पौडेल, आलना थापा, नरहरी भण्डारी र बिष्णुमाया पराजुली रहेका छन । ७५ बर्ष माथिका संस्थाका शेयर सदस्यका आमा बाबुलाई सम्मान गरीएको हो ।
उक्त संथाको शेयर पुंजी ४७ लाख रहेको छ भने ९१ लाख ८७ हजार लगानी भएको लेखा समितिका संयोजक राजेन्द्र प्रसाद पौडेलले बताए । शेयर सदस्यमा ९४ जना रहेका छन भने जसमध्य ३१ जना महिलाहरु रहेका छन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

संस्थाका अध्यक्ष रामप्रसाद बस्ताकोटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सल्लाहकार रघुनाथ अधिकारी, उपाध्यक्ष दिनबन्धु पौडेल, कोषाध्यक्ष गंगाधर अधिकारी, सह–सचिव केशवराज बराल, लेखा समितिका संयोजक राजेन्द्र प्रसाद पौडेल, शेयर सदस्य विमा पौडेल र प्रमेश्वर आचार्य लगायतले वोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button