कैलाश विकास बैंक को २४ प्रतिशत बोनश शेयर पारित

पोखरा ३०, असोज:

कैलाश विकास बैंकले आफ्नो शेयर धनिहरुलाई प्रदान गर्ने २४ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संचालक समितिका अध्यक्ष राजेन्द्र गिरीको अध्यक्षयतामा शनिबार पोखरामा सम्पन्न भएको २२ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

संस्थाले गत आर्थिकमा २५ करोड ४३ लाख खुद मुनाफा आर्जन गरेको र २०७२ असार मसान्तको संचित मुनाफाबाट चुक्ता पूंजीको २४ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने भएको बैंकका कार्य संचालन प्रमुख बिमल कुमार तिमिल्सेनाले बताए ।

संस्थाले अधिकृत पुंजी बृद्धि गरी २ अर्व ५० करोड प्ु¥याउने लक्ष्य राखेको छ । नेपाल राष्ट्र बैंकले तोके अनुसार आगामी २०७४ असार मसान्तरमा चुक्ता पुंजी २ अर्व र ५० करोड पु¥याउन उपयुक्त बैंक तथा वित्तीय संस्थालाई मर्ज÷एक्विजिशन गरी एउटा स्थापित बैंक बनाउने बैंकको योजना रहेको तिमिल्सेनाले जनाए ।

२०७२ आश्विन २९ गते सम्ममा यस संस्थाले ९ अर्व ५८ करोड निक्षेप संकलन गरी ८ अर्व ७ करोड कर्जा प्रवाह गरेको बैंकले जनाएको छ । संस्थाले विभिन्न जिल्लाका २५ शाखा मार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग सुविधा सहित १४ वटा ए.टि.एम. मेशिन द्वारा आफ्नो सेवा प्रदान गर्दै आएकोमा निकट भविष्यमा गोरखा, पालुङ्गटार नगरपालिकाको ठाँटीपोखरीमा नयां शाखा थप गरी कारोवार संचालन गर्ने तयारी भई रहेकोे कार्य संचालन प्रमुख तिमिल्सेनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button