बृद्धबृद्धा संग मनाए पोखरेली युवाले दशैँ  

पोखरा, कात्तिक ११:

नेपालीहरुको महान चाड बिजयादशमीको अवसरमा युवाहरुको सामाजिक संस्था पाईला नेपालले पोखरा १८ स्थित बाच्छीबुडुवामा अवस्थित बात्सायायन बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरु संग मनाएका छन् । पाइला नेपालका संस्थापक अध्यक्ष निराजन पौडेलले सबैले दशैँको बेला रमाइलो गर्ने तर आफन्त नभएका तथा भएर पनि टाढा भएका आश्रित बृद्धबृद्धाहरुलाई पनि दशैँको खुसीयालीमा समेट्न कार्यक्रम गरिएको बताए ।
उनले उक्त अवसरमा बृद्धबृद्धाहरुबाट टिका ग्रहण गरि आर्शिबाद थाप्दा मिठो अनुभब गरेको सुनाए । पाइला नेपालले सो अवसरमा आश्रित बृद्धबृद्धाका लागि खाद्यान्न बितरण गरेको थियो । कार्यक्रममा बोल्दै बृद्धाश्रमका युवराज वाग्लेले युवाहरुको संस्था पाइला नेपालका युवाहरुले नेपालीहरुको महान चाड बिजयादशमीमा सम्झिएर आएको मा खुसी प्रकट गरे । संस्थाका कोषाध्यक्ष नानु रेग्मीले राज्यले पनि जेष्ठ नागरिकहरु प्रति सम्मान गर्नुपर्नेमा बताइन । पाइलाका सदस्य ताराबहादुर गुरुङ्ग, सुमन पोखरेल, उज्वल आचार्य, प्रतिक्षा घिमिरे, निशा भुर्तेल, प्रविन बानिया लगायतले बोलेका थिए । पाइला नेपालका अध्यक्ष निराजन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बृद्धबृद्धाहरुलाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।

यसैबिच पोखरा १८ सगरमाथा टोल निबासी रुपबहादुर थापा उनका छोराहरु निरबहादुर थाप र नेत्रबहादुर थापाले बृद्धाश्रमको चौतर्फी बिकासका लागि रु १ लाख बृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीलाई हस्तान्तरण गरेका छन् । यसैगरि स्वर्गिय जमुना पहारीको ४५ दिनको पुण्य स्मृतिमा उनको आमा मोती पहारीले बृद्धबृद्धाहरुका खानाका लागि ५ हजार १ सय १५ रुपैया तथा अक्षयकोष बापत ११ हजार १ सय ११ रुपैया बृद्धाश्रमलाई हस्तान्तरण गरेका आश्रमका अध्यक्ष कार्कीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button