पोखरा ११, कार्तिक:
एसिएन च्याम्पीएनसिपमा सहभागि हुने खेलाडीलाई आज (बुधबार) पोखरामा विदाई गरीएको छ । थाईल्याण्डको बैंककमा नोवेम्वर एक देखि ९ तारिखसम्म आयोजना हुने साफ च्याम्पीएनसिपमा सहभागि हुन जान लागेका आर्चरीका अन्तर्राष्ट्रिय खेलाडी अशिम शेरचन र कृष्ण कुमार (के.के.) गुरुङ लाई पोखराबाट विदाई गरीएको हो ।
कास्की जिल्ला आर्चरी संघले आयोजना गरेको विदाई कार्यक्रममा नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष हरी ध्वज तुलाचन, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङ, कार्यालय प्रमुख प्रकाश बराल, संघ कास्कीका अध्यक्षवसन्त थकाली, क्षेत्रिय खेलकुद विकास समितिका निमिक्त कार्यालय प्रमुख डिवीनेपाली, क्षेत्रिय प्रशिक्षण प्रमुख बिद्या मस्र्यानी लगायतले अविर तथा खादा लगायरपुर्ण सफलताको कामना गर्दै खेलाडीलाई विदाई गरीएको संघ कास्कीका सचिवयोगेन्द्र शेरचनले बताए ।
शेरचन र गुरुङ सहित जित बहादुर मुक्तान, प्रेम प्रसाद पुन र एक महिला खेलाडीकृष्ण माया स्याङतेन साफच्याम्पीयनसिपमा सहभागि हुदै छन । आर्चरी खेलमानेपालले साफ स्तरीय खेलमा स्वर्ण पदक समेत जितेको छ भने समुहकोप्रतिष्प्रर्धामा पनि कास्य पदक समेत जित्न सफल भएको छ ।साफ च्याम्पीएनसिपबाट ओलम्पीकको लागि छनौट (सि.क्यु.टि.) समेत रहेकोलेयस प्रतियोगितालाई आफुहरुले निकै महत्वका साथ लिएको असिम शेरचनले बताए।
उनले भने “हामीले आर्चरीमा राम्रो गर्न सक्ने सम्भावना छ, हाम्रो करीब डेढमहिनाको प्रशिक्षणले पनि हामी तयारी अबस्थामै छौं । ” अर्को खेलाडी केकेगुरुङले भने “हाम्रा प्रतिष्प्रर्धी देश मलेसिया अलि वलियो मानिन्छ । ” नेपालसहित हङकङ, श्रीलङका, बंगलशादेश लगायतका देशबाट छनौट भएका ३ जनाखेलाडीहरुले आगामी ओलम्पीक खेलमा आर्चरीबाट सहभागि गराउन पाउने भएका छन। आर्चरीबाट यस अघि प्रेमबहादुर पुनले साफ गेममा स्वर्ण पदक जिती सकेका
छन ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution