भूसे चुल्हो अभाव भए पछि दोब्बरसम्म मुल्य असुली

पोखरा ११, कार्तिक:
पोखराकी अनु रानाभाटको खाना पकाउने एलपी ग्याँस सकिए पछि दुई दिन देखिभूसे चुल्हो बजामा खोज्दा नपाए पछि भूसे चुल्होको विकल्पमा कराई चुल्होकिनेकी छिन । एक महिना अघि ४÷५ सयमा विक्रि भएको भूसे चूल्हो पोखराका एकदुई पसलमा भने १४ सय सम्म भन्ने गरेको उनले भूसे चूल्होको विकल्पमा कराईचुल्हो ९ सयमा खरितेको बताईन ।रानाभाट जस्ता हजारौ उपभोक्ताहरु खाना पकाउने ग्याँसको विकल्पमा भौतारीएकाछन त कोहि दाउराको जोहो गर्दै छन ।

बजारमा भुस समेत नपाएको अबस्थामाकराई चुल्होले धेरै उपभोगि हुने उनले जनाई । पोखरा क्षेत्रमा करीब एकमहिना अघि देखि ग्याँस अभाव भएको छ ।पोखरामा ग्याँसको विकल्पमा प्रयोग हुदै आएको भूसे चुल्हो अभाव भएको छ। तराई तथा मधेषमा भएको वन्द हड्ताल र एक महिना देखि भारतले नेपाल माथिगरेको नाका बन्दीको कारणले गर्दा ग्याँस अभाव भए पनि उपभोक्ताहरुले भूसेचुल्हो प्रयोग गर्न थाले पनि केहि दिन यता देखि बजारमा भूसे चुल्होकोअभाव भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara

एका दुई भूसे चुल्लो भएका पसलमा उनीहरुले दोब्बर मुल्यलियर उपभोक्ताहरुलाई ठगि गरेका छन ।पोखराको बजारमा भूसे चुल्होको विकल्पमा एक साता अघि देखि कराई चुल्होनिमार्ण गरी विक्रि वितरण सुरु भएको छ । पोखरा सभागृहचोकमा रहेकोमेट्रीक ईन्टरप्राईजेजले दशैं अघि ३ सयवटा भूसे चुल्हो विक्रि गरे पछिभूसे चुल्होको विकल्पमा हिजोआज फलामको कराईमा फलामको ओदान जडानगरी कराई चुल्हो बजारमा ल्याएको हो । भूसे चुल्हो उपभोक्ताहरुले अत्याधिकमाग गरेकोेले उपभोक्ताहरुको माग अनुसारको भूसे चुल्हो दिन नसकेकोकारणले गर्दा भूसे चुल्होको विकल्पमा थोरै दाउराबाट चल्ने कराई चुल्होबजारमा ल्याएको मेट्रीक ईन्टरप्राईजेजका संचालक टिका बहादुर थापाले बताए ।

भूसे चुल्हो प्रतिकेजी १ सय १० का दरले विक्रि गरेका थापाले कराईचुल्होको एक हजारमा विक्रि गरेको जनाए । उनका अनुसार हाल दैनिक जसो एकसय भन्दा बढी उपभोक्ताहरुले भूसे चुल्हो किन्न आउने गरेका छन ।पोखरा पालिखेचोकमा रहेको न्यु पालिखे आईरन पसलले पनि भूसे चुल्होकोविकल्पमा कराई चुल्हो बजारमा ल्याएको छ । न्यु पालिखे आईरनका संचालकविक्रम पालिखेले भूसे चुल्हो माग अनुसार पुराउन नसकेकोले विकल्पमा कराईचुल्हो बजारमा ल्याएको जनाए ।

एक महिना भित्रमा ६ सय वटा भुसे चुल्हो विक्रिगरे पछिउपभोक्ताहरुलाई विकल्पको रुपमा उक्त चुल्हो बजारमा ल्याएको उनलेबताए । उनले भने “दैनिक जसो ३०÷४० जनाले भूसे चुल्होको माग गर्ने गरेकाछन तर त्यसको विकल्पमा ल्याएको कराई चुल्हो पनि विक्रि हुन थालेको छ ।”भूसे चुल्होमा भूस खादेर दाउरा प्रयोग गर्नु पर्दछ भने कराई चुल्होमा कमदाउरामा चुल्हो वाल्न सकिन्छ ।

पोखरा बाघबजारमा रहेको आचार्य किचन कर्नरका संचालक मनधरा आचार्यले एकहप्ता अघि नै भुसे चुल्हो विक्रि भई सकेकोले हाल उपभोक्ताहरुलाई उक्तचुल्हो उपलब्ध गराउन नसेको बताए । आफुहरुले एक सय १० रुपैया प्रतिकेजीकादरले चुल्हो विक्रि गरेको बताएका उनले केहि पसलेहरुले भने ७ सय पर्नेचुल्होलाई दोब्बर मुल्य १ हजार ४ सय रुपैया सम्म विक्री गरेको जनाए ।भूसे चुल्हो तराई तथा भारतीय मुलका व्यक्तिहरुले बनाउने भएकोले उनीहरु केहिविदामा घर गएको कारणले गर्दा पनि बजारमा भूसे चुल्होको अभाव भएकोजानकी मेटलका करण तझ्याले बताए ।

उनका अनुसार पछिल्लो एक महिनामा एकबर्षमा विक्रि गर्ने भूसे चुल्हो ५ सय वटा विक्रि भएको छ । भूसे चुल्होबनाउने कामदार भारतीय तथा तराई मुलका भएकाले उनीहरु घर गएका कारणले गर्दा
हाल उक्त चुल्हो बनाउने दक्ष जनशक्ति नभएकोले आफुहरुले चाहेर पनिउपभोक्ताहरुलाई भूसे चुल्हो दिन नसेको तझ्याले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button