दुईदिनभित्र इन्धन उपलब्ध नगराए राजमार्ग अवरोध गर्ने व्यवसायीको चेतावनि

१२ कात्तिक, पोखरा:
स्थानीय प्रशासनले इन्धन आपूर्तिमा चाँसो नदिँदा पोखरा क्षेत्रले झनै सास्ती खेप्नुपरेको पर्यटन व्यवसायीले गुनासो पोखेका छन् । स्थानीय प्रशासनले दुईदिनभित्र इन्धन उपलब्ध नगराए केन्द्रीय स्तरमा दवाव दिने र राजधानीमा इन्धन भित्रिने राजमार्ग समेत अवरोध गर्ने व्यवसायीले चेतावनि दिएका छन् ।
पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)ले विहीबार आयोजना गरेको छलफलमा बोल्दै व्यवसायीले स्थानीय प्रशासनले इन्धन आपूर्तिमा चाँसो नदिएको गुनासो पोखे । अन्य व्यवसायीलाइ इन्धन दिने तर, पर्यटन क्षेत्रलाई वेवास्ता गरिएको उनीहरुको गुनासो छ ।

पोखरा पर्यटन पूर्नजागरण समिति(पिटिआरसी)का संयोजक गणेशबहादुर भट्टराइले राज्यले अर्बाैको लगानी रहेको पर्यटन क्षेत्रलाई पुरै वेवास्ता गरेको गुनासो पोखे । ‘राज्यले पर्यटन क्षेत्रलाई पुरै वेवास्ता ग¥यो । नारायणगढबाट मुग्लिन हुँदै इन्धन काठमाडौं जाने, तर पोखरा ल्याउन नसक्दा मार परेको छ’ उनले भने, ‘पर्यटन व्यवसायीको समस्याबारे कसैले बोलेन ।’

नेपाल आयल निगमका पदाधिकारीले पोखरामा ग्यास ल्याएर पर्यटकलाई खानपीनको व्यवस्था मिलाउन सघाउने आश्वासन दिएपनि पुरा नभएको उनले बताए । ‘भूकम्पले थिलोथिलो भएको पर्यटन क्षेत्र अहिलेको नाकाबन्दीको मारले झनै समस्यामा परेको छ । अर्काे वर्ष पनि पर्यटन क्षेत्र उकालो नलाग्ने संकेत देखिएको छ’ उनले भने, ‘यस्तै अवस्था रहे पर्यटन क्षेत्र ध्वस्त हुन्छ । त्यसैले व्यक्तिगत रुपमा चल्ने भन्दा पनि समुहगत रुपमा सबै व्यवसायी एकजुट हुनुपर्ने भएको छ ।’ कालोबजारीमार्फत भित्रिएको इन्धन महंगोमा किनेर पर्यटन व्यवसाय चलाउन नसकिने उनले बताए ।

स्थानीय प्रशासनले संयोजन गर्न नसक्दा पोखराम इन्धन अभाव भएको उनले बताए । ‘राजधानीमा इन्धन लैजान सकिने तर पोखरामा एक ट्यांकर इन्धन पनि ल्याउन नसक्ने प्रशासन भएकोले अब स्थानीय तहमा दवाव दिएर पुग्दैन’ उनले भने, ‘केन्द्रीय तहमा दवाव आवश्यक छ । त्यसका लागि सबै व्यवसायी एकजुट भएर अघि बढ्नुपर्छ ।’ प्रधानमन्त्री, आपूर्तिमन्त्री, आयल निगम लगायतका उपल्लो निकायलाई दवाव दिन आवश्यक रहेको उनले बताए ।

पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष देव क्षेत्रीले क्षेत्रीय प्रशासनले दुइदिनभित्र इन्धन आपूर्तिको व्यवस्था मिलाउने आश्वासन दिएको र पुरा नभए आन्दोलन नै गर्न बाध्य हुने बताए । ‘स्थानीय प्रशासनले दुइदिन भित्र केहि इन्धन उपलब्ध गराउने आश्वासन दिएको छ । त्यो पुरा नभए हामी इन्धन भित्रयाउन थप आन्दोलन गर्न बाध्य हुनेछौ’ उनले भने । दुइदिन भित्र इन्धन दिन नसके राजधानीमा इन्धन भित्रयाउने मुख्य नाका मुग्लिनमा धर्ना दिन जाने उनले चेतावनी दिए ।

‘नाकाबाट भित्रिएको धेरै इन्धन काठमाडौ मात्र लैजाने, तर पोखरा आउन नदिएकोले अब विकल्पमा मुग्लिनस्थित राजमार्ग छेक्न जानुपर्छ’ उनले भने, ‘त्यत्ति नगरेसम्म इन्धन आउने अवस्था देखिएको छैन ।’ पोखरामा इन्धन भित्रयाउने अन्तिम विकल्प मुग्लिनमा बाटो छेक्न जानका लागि सबै व्यवसायी तयार हुनुपर्ने उनले बताए । शुक्रबार बेलुकीसम्म पनि इन्धन दिने कुनै बलियो आधार स्थानीय प्रशासनले दिन नसके व्यसायीहरु मुग्लिनमा बाटो छेक्न पुग्ने उनले बताए । त्यसका लागि तयार रहन व्यवसायीलाई उनले आग्रह पनि गरे ।

पर्यटन यातायात समितिका अध्यक्ष बोबरजंग गुरुङले पर्यटन सवारीलाई मात्र इन्धन दिनेगरि स्थानीय प्रशासनले भिन्दै पेट्रोलपम्प छुट्याउनुपर्ने बताए । पोखरामा मात्र करिब ५ सय पर्यटन सवारी रहेको र इन्धन अभावले पर्यटकलाई पोखराबाट नयाँपुल पु¥याउन पनि समस्या भएको उनले बताए । ‘हामीले दिनमा १५ वटा माइक्रोबसबाट पर्यटकलाई नयाँपुल पु¥याउँछौ । त्यसका लागि इन्धन चाहियो भन्दा प्रशासनले वेवास्ता ग¥यो’ उनले भने, ‘पर्यटकलाई आउजाउमा समस्या पुगेपछि पर्यटकबाहक सबै सवारी अस्थायी रुपमा बन्द गर्न बाध्य हुनेछौ ।’
पिटिआरसीका संचार संयोजक टीकाराम सापकोटाले कम्तिमा लोडसेडिङ नगर्ने हो भने राहत हुने बताए । लोडसेडिङ कम हुने हो भने डिजलबाट चल्ने जेनेरेटर चलाउन नपर्ने हुँदा इन्धन खपत हुने उनले बताए । ‘कम्तिमा लोडसेडिङ नहुने हो भने पनि सास्ती कम हुन्छ । लगातार विद्युत आपुर्ति हुने हो भने पर्यटन क्षेत्रलाई राहत मिल्छ’ उनले भने, ‘त्यसतर्फ स्थानीय प्रशासनले ध्यान दिनुपर्छ ।

पिटिसी अध्यक्ष सोमबहादुर थापाले पर्यटकलाई सेवा दिन नसक्ने अवस्था आएको बताए । विभिन्न मुलुकले यतिबेला अत्यावश्यक काम बाहेक नेपाल घुम्न नजाउ भन्ने एडभाइजरी जारी गर्दा झनै पाहुना आउन नसकेको उनले बताए । ‘नेपालमा नाकाबन्दीले सहज छैन । हिडडुलमा समेत समस्या छ । त्यसैले अत्यावश्यक काम बाहेकका लागि नजाउ भन्ने एडभाइजरी जारी भएको छ’ उनले भने, ‘पर्यटन क्षेत्रमा यसले नकारात्मक सन्देश पुगेको छ ।’

उनले पनि स्थानीय प्रशासनले सम्बिन्धत क्षेत्रमा पहुँच पु¥याउन नसक्दा पोखरामा इन्धन भित्रिन नसकेको बताए । पूर्वि र पश्चिम नाकाबाट नेपाल भित्रिएको सबै इन्धन राजधानी मात्र गएकोले पोखरामा चरम अभाव भएको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button