कालो बजारी नगर्न पोउवा संघको व्यवसायीलाई आग्रह

पोखरा, १२ कार्तिक: पोखरा उद्योग वाणिज्य संघले अत्यावश्यक सामाग्रीहरुको ‘कालो बजारी ’मा नमुछिन उद्योगी व्यवसायीलाई आग्रह गरेको छ । मधेशी मोर्चाको सीमा केन्द्रित आन्दोलन र भारतबाट गरिएको अघोषित नाकाबन्दीपछि पोखरा र देशभर अत्यावश्यक सामानहरुको अभाव सृजना हुँदा कालोबजारी समेत मौलाएको गुनासाहरु सार्वजनिक भइरहँदा संघले सो आग्रह गरेको हो ।

संघका महासचिव रवीन्द्रबहादुर प्रजुद्धारा बिहीबार जारी विज्ञप्तिमा राष्ट्रिय संकटको यो घडीमा प्राप्त सामाग्रीहरुको न्यायोचित बितरण, अत्यधिक नाफाखोर प्रवृत्ति नियन्त्रण तथा बस्तुको उचित मूल्यमा बिक्री बितरण आम उद्योगी÷ व्यवसायीको कर्तव्य भएको स्मरण गर्दै सो कार्य गर्न÷ गराउन सम्पूर्ण उद्योगी÷व्यवसायीसँग आग्रह समेत गरिएको छ । ‘बजारमा पछिल्ला दिनमा सुनिँदै आएको ‘कालो बजारी ’ प्रवृत्तिमा नमुछिन र त्यस्तो अवान्छित प्रवृत्तिविरुद्ध उभिएर राष्ट्रिय संकटको सामना गर्न संघ सम्पूर्ण उद्योगी÷व्यवसायीहरुलाई आह्वान समेत गर्दछ । ’– महासचिव प्रजुद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसका साथै विज्ञप्तिमा भूपरवेष्ठित राष्ट्र भित्रको भूपरिवेष्ठित क्षेत्र नम्बर ४ मा अवस्थित पोखरा र यस क्षेत्रमा इन्धन लगायत अत्यावश्यकीय सामानको सहज आपूर्तिको लागि सरोकारवाला निकायसँग माग गर्दै राष्ट्रिय अर्थतन्त्रमा विभिन्न खाले करको माध्यमबाट ठूलो मात्रामा राजश्वको योगदान गर्दै आएको क्षेत्र नम्बर ४ मा समानुपातिक रुपले इन्धन र अन्य सामाग्रीको आपूर्ति नगरिए बाध्य भएर आन्दोलन नै गर्नु पर्ने अवस्था सृजना नहोस् भन्ने कामना पनि गरिएको छ ।

pcci

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button