काठमाडौं, कार्तिक ३० गते
ढोरपाटन व्लु स्काई कप महिला डबल लिग भलिबलको ११औं संस्करण मंसिर १९ देखि पुष ४ मा सम्म हुने भएको छ । नयाँ बसपार्कमा पुष ४ देखी १८ गते सम्म हुने भनिएको उक्त प्रतियोगिता अगाडि सारिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । आयोजक ढोरपाटन स्पोर्टस टे«निङ क्लबका अध्यक्ष मनवीर छन्त्यालले छिमेकी राष्ट्र भारतमा हुने १२ औ सागको तयारीका लागि खेलाडि बन्द प्रशिक्षणमा बस्ने भएकोले खेल अगाडि सार्नु परेको जानकारी गराए ।
प्रतियोगितामा टिभिएसका चार स्कुटर खेलाडीले पुरस्कार रुपमा प्रदान गर्ने बताएका छन् । महिला डबल लिग भलिबलको ११औं संस्करणमा उत्कृष्ट खेलाडी, वर्ष खेलाडी, प्रतिभावान खेलाडी र प्लेयर अफ द सिरिजलाई स्कुटर दिईने छ । ११औं संस्करणको विजेताले २ लाख ६० हजार, उपविजेताले १ लाख ३० हजार, तेस्रोले ७० हजार र चौथोले ४० हजार रुपैयाँ, पाँचौले ३० हजार, छैठौंले २० हजार र सातौं स्थानमा रहने टोलीले १० हजार प्राप्त गरिने बताइएको छ । ११औं संस्करण एपिएफ, न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ पोखरा, नेपाल आर्मी क्लब, चण्डेश्वरी युवा क्लब, धादिङ कलाकार टिम, एन्जल्स हर्ट उच्च मावि काठमाडौं, विन्ध्यावासिनी हाइस्कुल टोखा र बिजेश्वरी ज्ञान मन्दीर सैनिक महाबिद्यालय,जानकी उमावी नवलपरासी र अरनिको सास्कृतिक परिवार बाग्लुङ रहेका छन् । प्रतियोगितामा उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्स, लिफ्टर, लिब्रो र सर्भरले जनही ५ हजार पाउनेछन । यसैगरी प्रशिक्षक र व्यावस्थापकलाई जनही ५ हजार प्रदान गरिनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution