पोखरा, कार्तिक ३० गते-
नेपाल प्रहरीले सम्पादन गरेका काम कारवाहीहरुको सम्बन्धमा सर्वसाधरण नागरिकलाई सुसुचित गराई प्रहरी कार्य सम्पादनमा भए गरेका कमी कमजोरीहरुका सम्बन्धमा राय सुझाव लिई प्रहरी कार्यलाई जनउत्तरदायी बनाउने उद्वेस्य अनुरुप प्रत्येक ३/३ महिनामा संचालन गरिदै आएको नागरिक सुनुवाई कार्यक्रम मिति २०७२।०७।३० गते दिनको १२:०० बजेको समयमा प्रहरी चौकी धम्पुस कास्कीको प्राङगणमा सम्पन्न गरिएको छ ।
उक्त नागरिक सुनुवाई कार्यक्रममा उपस्थित महानुभावहरुबाट कास्की जिल्लाको पर्यटकिय क्षेत्र धम्पुस तथा अन्नपूर्ण वेश क्याम्प ईलाकाको शान्ति सुरक्षाका सम्बन्धमा प्रहरीले गरेका कार्यहरुको प्रशंशा गर्दै आगामी दिनमा प्रहरीबाट सम्पादन गर्नु पर्ने काम कारवाहीको सम्बन्धमा सहभागीहरुबाट विभिन्न सुझाव तथा जिज्ञासाहरु व्यक्त भएकोमा उठेका जिज्ञाशाहरुको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरि बहादुर पालले जवाफ दिनु भएको थियो, उक्त कार्यक्रममा वडा प्रहरी कार्यालय बगर कास्कीका प्रहरी निरीक्षक मोहन बहादुर खांणले प्रहरी काम कारवाही सम्बन्धी विवरण प्रस्तुत गर्नु भएको थियो भने पृथ्वी नारायण मा।वि। धम्पुसका शिक्षक सम बहदुर गुरुङले सहजीकरण गर्नु भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution