पोखरा, १ मंसिर-
विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लब मेरीलेबोन क्रिकेट क्लबकोवोर्ड सदस्य एवं मैत्रीपुर्ण खेल सहितको भ्रमणका व्याबस्थापक कोलीन मेवोरलेनेपालमा विभिन्न उमेर समुहमा क्रिकेटर उत्पादन हुदै आएकोले यसको धेरैसम्भावना भएको बताए ।
मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलना वोल्दै उनले भने“नेपालमा युवातथा जोसिला खेलाडीहरु रहेका छन उनीहरुलाई राम्रो प्रशिक्षण गराउन सकेकोखण्डमा नेपालले यस खेलमा धेरै प्रगती गर्न सक्छ ।” एक बर्षमा ५ सय वटा मैत्रीपुर्ण क्रिकेट खेल हुने गरेको बताएका उनले नेपालमा ६ खेल मध्य पोखरामापनि एक खेल खेल्ने अवसर प्राप्त भएकोमा धेरै खुसि लागेको बताए । उनले भने“ हाम्रो नेपाल भ्रमण सहितको मैत्री पुर्ण खेल पनि उतिकै फलदायी हुदै छ,नेपालमा क्रिकेट खेल सहित खेल पर्यटनको समेत धेरै सम्भावना रहेको छ । ”
नेपालमा क्रिकेट खेलको सम्भावना देखेर क्रिकेटको प्रवद्र्धन गरी खेल पर्यटनको विकास गर्ने उद्धेश्यले नेपालमा मैत्रिपुर्ण क्रिकेट खेल खेल्न आएको उनले जनाए। कास्कीका क्रिकेटरसंग वेलायतको मेरीलेबोन क्रिकेट टिमसंग मैत्रिप्ुर्णअन्तराष्ट्रिय स्तरको मैत्रीपुर्ण खेल खेल्न पाउनु निकै ठुलो उपलब्धी भएको कास्की जिल्ला क्रिकेट संघका सचिव संजयकान्त सिग्देलले बताए । अन्तराष्ट्रिय खेलाडीहरुबाट पोखराका खेलाडीहरुले धेरै सिप सिक्ने मौका पाएको उनले जनाए। पोखरा ११ का प्रशिक्षक भोजबहादुर गुरुङले यस्ता खेलहरुले खेलाडीको आत्मवल
बढ्ने भएकोले प्रशिक्षणसंगै अन्तर्राष्ट्रिय खेलाडीहरुसंगको मैत्रीपुर्ण खेल निरन्तर हुनु पर्ने बताए ।
मेरीलेबोन क्रिकेट क्लब र पोखरा ११ बिच सोमबार पोखरा रंगशालामा मैत्रीपुर्ण खेल भएको थियो । बेलायती टोली क्रिकेट खेलको नियमको
जन्मदाता पनि हो । दिपेश खत्रीको कप्तानीमा मैदानमा उत्र्रिएको पोखरा ११ ले ५विकेटले जित हासिल गरेको थियो । उक्त टोली आज पोखराबाट काठमाण्डौं फर्किएको छ । यस अघि काठमाण्डौमा एक खेल खेलेकोमा पोखरा पछिकाठमाण्डौंमै थप ४ खेल खेल्ने भएको छ । एमसीसीले १९ बर्ष मुनिका खेलाडीहरुसहभागि यु–१९ संग एक खेल, सिनियर टिमसंग एक खेल र नेपाली क्रिकेटको राष्ट्रिय टिमसंग दुई दिवसीय दुई खेल खेल्ने भएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution