सामाजिक जागरणका लागी नारी अभियान सुरु

  • पोखरा न्यूज
  • २०७२ मंसिर ४
सामाजिक जागरणका लागी नारी अभियान सुरु

पोखरा, ४ मङ्सिर-

विभिन्न क्षेत्रका सक्रिय महिलाहरुको भेलाले सामाजिक जागरणका लागि नारी अभियान सुरु गरेका छन ।
शुक्रवार सम्पन्न भेलाले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा समाजिक अभियन्ता सुष्मा पौडेलको संयोजकत्वमा ५१ सदस्सीय समिति गठन गरेको हो । २० जना पछी थप गर्ने गरी चयन गरीएको समीतिको अर्थ संयोजकमा सरस्वती अधिकारी चयन भएकी छिन् ।
अभियन्ता पौडेलले भेलामा प्रस्तुत गरीएको तत्कालीन तथा दिर्गकालीन २३ वुदे उदेश्यहरु पारीत भएका छन् । जसमा वैकल्पीक उर्जा प्रवद्धन अभुमुखीकरण कार्यक्रम नेपाल भारत सद्भव रयाली र स्वदेशी उत्पादन मेला कार्यक्रम आयोजना गर्ने निर्णय गरीएको छ । जसको संयोजकमा सुभा श्रेष्ठ, नगर महिला समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङ चयन भएका छन् ।
त्यस्तै संस्थाको सदस्यहरुमा विण्णु उचाई,किरण गौतम, पवित्रा केसी, भोजमाया थापा,इन्दिरा पोख्रेल,कमलादेवी गिरी,शोभा पौडेल, गिता लामीछाने, भुमा द्धारे,सरिता घिमीरे, यमकला जिटी, अम्वीका खड्का क्षेत्री, मनमाया वराल, शान्ता पुरी, सविता वराल, ज्ञानीन्द्र सुवेदी, जानकी वास्तोला, उर्मीला पौडेल, शान्ति पौडेल, सावित्रा देवकोटा, ममता गुरुङ,इन्दु क्षेत्री, सितल हमाल, सम्झना सुनराह,दिलमाया केसी, जञ्जु केसी, संगिता काफ्ले, दुर्गादेवी वास्तोला, प्रभा गौतम, कमला शर्मा, पार्वती कार्की, सरस्वती लिगल, रेनु थापा, उषा गोशेली लगायत रहेका छन् ।
संस्थालो नेपालको सार्वभौीकता, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डता र स्वाभिमान अक्षुण राख्ने, मौलाउदै गएको जातिय तथा साप्रदायिक विखण्डनको अत्य गरी जातीय सद्भाव र साम्प्रदायिक सहिष्णुणता कायम गर्ने,आत्मनिर्भर अर्थतन्त्रका लागि स्थानिय स्रोत साधनमा आधारित उद्योगधन्दा संचालन गर्न जागरण फैलाउदै सकेसम्म स्वेदेशी उत्पादनका सरसामान प्रयोग गर्न प्रोत्साहन गर्ने, स्वास्थ, सेवा, शिक्षा, समानता र अधिकारका कार्यक्रम सञ्चालन गर्ने, समाजमा व्याप्त रहेको अन्धविश्वास, कुरिति , कुप्रथा, कुसंस्कार, अन्याय,अत्याचार र भ्रष्टाचार अत्य गरी मानवीय मुल्यमान्यता र सिद्धान्तमा आधारीत संस्कार, संस्कृति र सभ्यता स्थापना गर्न सचेतना फैलाउने, महिला सहकारी स्थापना गर्ने, नारी सेवा कोष खडा गर्ने, नेपाली जनतालाई राज्यको तर्फवाट समान शिक्षा, स्वास्थ र क्षमताअनुसारको रोजगारीको व्यवस्था मिलाउन दबाब दिने, नेपाली जनताको आधारभुत आवश्यकता ग्यारेन्टी गर्न वकालत गर्ने निर्णय गरेको छ ।
त्यस्तैगरि क्षमता अभिवृद्धि तथा सीप विकास र शसक्तिकरणका लागि विविध तालिम सञ्चालन गर्ने, मानव अधिकारको संरक्षण तथा सम्बद्र्धन गर्ने गराउने साथै नेपाली जनतालाई नैसर्गिक अधिकार, नागरिक अधिकार तथा मानवअधिकारको बारेमा सचेत गराउदै नागरीक वकालत गर्ने, आवाजविहीनहरुको आवाज, अधिकारविहीनको अधिकार स्थापनाका लागि आवश्यक पहल कदमी चाल्ने, ध्यान, साधनामार्फत अध्यात्मिक जागरण गर्ने, नेपालको विभेदकारी नीति नियम, ऐन कानुन र कमजोर न्याय प्रणालीका कारण मौलाउदै गएको दण्डहीनता अत्य गर्न दबाब सृजना गर्ने सरकारी तथा गैरसरकारी निकायबाट भएका, भैरहेका र हुनेवाला सार्वजनीक सरोकारका जस्तोसुकै क्रियाकलापको अनुगमन, अध्ययन र अनुसन्धान गरी सार्वजनीक सुनुवाई गर्ने लगायतको निर्णय गरीएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस