राष्ट्रिय कर्मचारीले छान्यो महाधिवेशन प्रतिनिधि

पोखरा, ४ मंसीर-
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति, कास्कीले केन्द्रीय महाधिवेशनका लागि कास्की जिल्लाबाट प्रतिनिधि चयन गरेको छ।

शुक्रबार पोखरामा सम्पन्न भेलाले मंसीर १३ र १४ गते काठमाडौंमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गरेको हो। जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा डिल्लीप्रसाद ढुंगाना, तारानाथ सुवेदी, भरतराज काफ्ले, अर्जुनकुमार न्यौपाने, रामचन्द्र अधिकारी, रामचन्द्र ढुंगाना र पूर्णभद्र पौडेल चयन भएका छन्। पर्यवेक्षकमा उमानाथ ढकाल र बुद्धिसागर घिमिरे चयन गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका सचिव बुद्धिसागर घिमिरेले जानकारी दिए।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

त्यसैगरी भेलाले एक महिनाभित्र जिल्ला अधिवेशन गर्ने गरी जिल्ला अधिवेशन आयोजक समिति चयन गरेको छ। समितिमा संयोजक डिल्लीप्रसाद ढुंगाना, सचिव बुद्धिसागर घिमिरे, सदस्यहरु ताराप्रसाद सुवेदी, रामचन्द्र अधिकारी, पूर्णभद्र पौडेल, रामहरि खड्का, भोलाराज रेग्मी, सन्तोष खनाल, अर्जुनप्रसाद न्यौपाने, तोकबहादुर केसी, उमानाथ ढकाल, खेमराज पौडेल, विष्णुनाथ घिमिरे चयन भएका छन्।
भेलामा बोल्दै एकीकृत माओवादी कास्कीका जिल्ला समिति सदस्य मनहरि तिमिल्सिनाले ‘देश संकटपूर्ण अवस्थाबाट गुज्रिएको’ भन्दै कर्मचारीको सम्पूर्ण ध्यान नागरिकको जनजीवनलाई सामान्य पार्नमा जानुपर्ने’ बताए। ‘देश संकटमा छ, नागरिक पीडामा छन्, यस्तो अवस्थामा राष्ट्रिय कर्मचारी संगठनले जनजीवन सामान्य पार्न आफ्नो सम्पूर्ण ध्यान खर्चिनुपर्छ।’ उनले भने। कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रीय उपाध्यक्ष भूमिप्रसाद शर्माले ‘राष्ट्रिय कर्मचारी संगठनलाई गतिशील बनाउनुपर्नेमा जोड दिँदै महाधिवेशनले त्यो कार्यभार पुरा गर्ने’ बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button