साईबाबाको ९० औं जन्मोत्सव मनाईयो

पोखरा ७, मंसीर-
पोखरामा रहेका विभिन्न सत्यसाई केन्द्र तथा भजन समुहले सम्युक्त रुपमा भगवान सत्य साईबाबाको ९० औं जन्मोत्सव विभिन्न कार्यक्रम गरी सोमबार सम्पन्न भएको छ।

जन्मोत्सवको अवसरमा सोमबार विहान नदिपुरस्थित सत्यसाई विद्याश्रमबाट शोभा यात्राको निकालिएको थियो। भगवान् श्री सत्य साईबाबाका अमृत वाणी लेखिएका प्ले कार्ड तथा भजन सहितको शोभा यात्राले पोखरा नगर परिक्रमा गरेको थियो।

नदिपुरबाट नयाँबजार, पृथ्वीचोक, न्यूरोड, चिप्लेढुङ्गा हुदै पुनः नदिपुरमा पुगेर समापन भएको शोभा यात्रामा सत्य साई केन्द्र तथा भजन समुहहरु नदिपुर, भलाम, सिमलचौर, रामघाट, सेतीगंगा, बैदाम लगायतबाट साईभक्तहरुको सहभागिता रहेको थियो।

साईबाबाको जन्मोत्सव अवसरमा गत विहीबारदेखि पाँच दिनसम्म सत्य साई केन्द्रहरुले सृजनाचोकमा रक्तदान कार्यक्रम, सत्यसाई विद्याश्रमका छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण, सिद्धबराह गुरुकुल आश्रमका बटुकहरुलाई स्विटर र गण्डकी हस्पिटलका विरामीहरुलाई फलफुल वितरण गरेको सिमलचौरकी अध्यक्ष सम्झना गुरुङले वताउनु भयो।

केन्द्रकी पुर्व अध्यक्ष मञ्जु गुरुङले ईजरायलबाट पठाएको शुभकामना सन्देश र डा. नारायण गौतमले केन्द्रमा हरेक महिनाको एक दिन निशुल्क स्वास्थ शिविर संचालन गरिने सन्देश पढेर सुनाईएको थियो। केन्द्रकी आध्यात्मिक संयोजक कमला भट्टराईले संचालन गरेको शुभ जन्मोत्सव कार्यक्रममा उपाध्यक्ष प्रेमा गिरीले स्वागत मन्तव्यका साथै केन्द्रले गरेका गतिविधि प्रस्तुत गर्नुभएको थियो।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button