देशको वर्तमान अवस्थाप्रति युवाहरु चिन्तीत

पोखरा, ८ मङ्सिर-
पोखराका विभिन्न क्षेत्रमा क्रियासिल युवाहरु मंगलवार भेलाभई देशको वर्तमान अवस्थाप्रति चिन्ता जाहेर गरेका छन् ।
वर्तमान अवस्थामा युवाहरुको भुमिका विषयक कार्यक्रममा बोल्दै युवाहरुले यस्तो बेलामा युवाहरु चुपचाप बस्न नहुने भन्दै राज्य पक्षलाई दभाव दिनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्ने वक्ताहरुले परनिर्भरता त्याग्दै, आत्मनिर्भरता बढाउने र अन्तरनिर्भरता सन्तुलनमा राख्नुपर्ने निचोड निकालेका छन् । साथै भारत विरुद्ध अभिव्यक्ति दिने तथा छिमेकीलाई चिडाउने काम गर्नुमात्र राष्ट्रियता नभई युवाहरुको ध्यान सद्भाव वढाउनुमा जानुपर्नेमा समेत आफ्ना धारणाहरु व्यक्त गरेका छन् । साथै नेपाल भारत बीचको सद्भाव कायम गर्न आयोजना गर्न लागिएको रयालीमा एक्यवद्धता जनाउदै एकताको सन्देश दिने, राज्यलाई ठोस कार्य निति अगाडि सार्न र ठोस अबधारणा सार्वजनिक गर्न दवाव दिने, मदेसि मोर्चाको माग र संविधानले मदेसि जनतालाई दिएको अधिकारको बारेमा गम्भिर छलफल गरि आवस्यक कदम अगाडि बढाउने, नाकाबन्दि मानवता बिरुद्दको कार्य भएकाले संबन्धित पक्षलाई उक्त निन्दनिय कार्य नगर्न अनुरोध गर्ने, मदेसि र पाहाडि भन्ने भावनाको अन्त्य गरि हामी सबै नेपाली भन्ने भावना देश भरि फैलाउन सबैलाई अनुरोध गर्ने लगायतको निष्कर्ण निकालेका छन् ।

कार्यक्रम संयोजक अधिकारकर्मीले यस्तो विषम परिस्थीतीमा युवाहरु चुपचाप बस्न नहुने भन्दै युवाहरु एकजुट भएर राज्यपक्षलाई झक्झकाउन उक्त कार्यक्रम आयोजना गरिएको बताए । उनले सामाजिक सञ्जालमा मात्र राष्ट्रियताको कुरा गरेर र भारतविरोधी नारा लगाएर मात्र राष्ट्रिय चिन्ता जाहेर गरेको नहुने भन्दै समस्या समाधान गर्न सवै पक्ष एकजुट हुनुपर्नेमा समेत जोड दिए ।
कार्यक्रममा रयाण्डम रिडर्सका संस्थापक अध्यक्ष राजेन्द्र चापागाई आहात, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, संचारकर्मी दिपेन्द्र श्रेष्ठ , अधिवक्ता सुरेन्द्र थापामगर, सिद्धार्थ क्लवका पुर्व अध्यक्ष दिपेन्द्र मर्सानी, क्लवका कार्यक्रम संयोजक दुर्गा प्रसाद खनाल, ड्यमसाईड युवा क्लवका अध्यक्ष पदमवहादुर ढकाल,पत्रकार विभु भुसाल, रामेश्वर कृषी सहकारीका अध्यक्ष लक्ष्मण पोख्रेल, रयाण्डम रिडर्सका पुर्व अध्यक्ष गनेस पौडेल, युवा उद्यमी डि.आर भट्टराई,चिरजिन्जवी पोख्रेल, सुरज उपाध्याय, यमकला जिसी, अन्जु केसी, नारायण क्षेत्री, राजु पौडेल लगायतले बोलेका थिए|

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button