पोखरा ९, मंसिर-
प्रथम अन्तर सहकारी फूटसल प्रतियोगिता २०७२ को तयारी पुरा भएको छ । गरीमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा यही मंसिर ११ र १२ गते पोखरा गैरापाटन लिचिवोट पार्टी प्यालेससंगै रहेको पोखरा फुटसलमा आयोजना हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको प्रतियोगिताका संयोजक प्रशान्तराज धमलाले बताए ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा १९ टोलीको सहभागिता रहेको संयोजक धमलाले जनाए । उनका अनुसार प्रतियोगिताको विजेताले २२ हजार २ सय २२, उपविजेताले १५ हजार ५ सय ५५, तेश्रो स्थान हासिल गर्नेले ८ हजार ८ सय ८८ रुपैया र चौथो हुनेले ५ हजार ५ सय ५५ रुपैया साथमा ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्ने भएका छन ।
शिखर बहुउद्धेश्य संस्था लिमिटेड मुख्य प्रायोजक रहेको उक्त प्रतियोगितामा हिमालयन गार्डेन रेष्टुरेण्ट एण्ड वारले सहप्रायोजन गरेको छ । उक्त प्रतियोगिताबाट बचत भएको केहि रकम अनाथ तथा असाय वालवालीकाहरुको लागि सहयोग गरीने भएको आयोजक संस्थाका अध्यक्ष टुल्कनाथ आचार्यले बताए ।
सहकारी बिचको सम्बन्ध सुमधुर पारी भाईचाराको सम्बन्ध स्थापना गर्न पनि प्रतियोगिता आयोजना गरीएको अध्यक्ष आचार्यले जनाए । प्रतियोगितामा १८ वटा सहकारी सहभागि भएका छन ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution