शिखर सहकारीलाई अन्तर सहकारी फुटसलको उपाधि

पोखरा १२, मंसिर-
शिखर बहुउद्धेश्य बचत तथा ऋण सहकारी संस्थाले शनिबार पोखरामा सम्पन्न भएको प्रथम अन्तर सहकारी फूटसल प्रतियोगिता २०७२ को उपाधि जितेको छ । पोखरा गैरापाटन लिचिवोट पार्टी प्यालेससंगै रहेको पोखरा फुटसलमा आयोजना भएको उक्त प्रतियोगिताको फाइनल खेलमा शिखर सहकारीले मितेरी बचत तथा ऋण सहकारी संस्थालाई ४–० को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।उपाधि सहित शिखर सहकारीले २२ हजार २ सय २२ रुपैया साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरयो । शिखरको जितमा मिलन गुरुङले ४ गोलको योगदान दिएका हुन ।

उपविजेता भएको मितेरी सहकारीले १५ हजार ५ सय ५५, तेश्रो भएको भिजन बचत तथा ऋण सहकारी संस्थाले ८ हजार ८ सय ८८ रुपैया र चौथो भएको भैरव बचत तथा ऋण सहकारी संस्थाले ५ हजार ५ सय ५५ रुपैया साथमा ट्रफि मेडल प्रमाण पत्र प्राप्त गरे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

शिखर सहकारीका अनिल गुरुङ उत्कृष्ट खेलाडी घोषित भएभने प्रतियोगितामा १६ गोल गरेका मितेरी सहकारीका सन्तोस पुन सर्वाधिक गोल कर्ताको उपाधि हात पारे ।

दुई दिनसम्म चलेको प्रतियोगितामा १८ वटा सहकारीको सहभागिता रहेको प्रतियोगिताका संयोजक प्रशान्तराज धमलाले बताए । आयोजकको भने दुई टिम रहेको थियो । विजयी खेलाडीहरुको टोलीलाई शिखर बहुउद्धेश्य संस्था लिमिटेडका अध्यक्ष रवि शर्मा, आयोजक संस्थाका अध्यक्ष टुल्कनाथ आचार्यलेमुख्य प्रायोजक रशिखर बहुउद्धेश्य संस्था लिमिटेड मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिता समापनकामा हिमालयन गार्डेन रेष्टुरेण्ट एण्ड वारले सहप्रायोजन गरेको छ । उक्त प्रतियोगिताबाट बचत भएको केहि रकम अनाथ तथा असाय वालवालीकाहरुको लागि सहयोग गरीने भएको आयोजक संस्थाका अध्यक्ष टुल्कनाथ आचार्यले बताए । सहकारी बिचको सम्बन्ध सुमधुर पारी भाईचाराको सम्बन्ध स्थापना गर्न पनि प्रतियोगिता आयोजना गरीएको अध्यक्ष आचार्यले जनाए । प्रतियोगितामा १८ वटा सहकारी सहभागि भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button