७७ औं समता साङ्गीतिक कार्यक्रम सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ मंसिर १३
७७ औं समता साङ्गीतिक कार्यक्रम सम्पन्न

पोखरा, १३ मंसिर-
पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक दुई दुई महिनामा आयोजना गर्दै आएको समता साङ्गीतिक कार्यक्रमको ७७ औं शृङ्खला शनिबार पोखरामा सम्पन्न भयो ।

कार्यक्रमका विशिष्ट अतिथि रयाडम रिडर्स सोसाइटी अफ नेपालका सचिव रुपिन्द्र प्रभावी कटुले नेपाली सुगम संगीतको क्षेत्रमा स्वर सम्राट नारायण गोपालको योगदानको चर्चा गर्दै गीत संगीतमा साधनारत नवप्रतिभाका लागि यस्ता मञ्च आफैमा पुल भएको हुँदा निरन्तर लाग्न आग्रह गरे ।

स्वर सम्राट नारायण गोपालको स्मृति विशेष कार्यक्रममा गायक रामभक्त जोजिजू, नबराज बराल, इन्द्र राना प्रतीक, अंकित बास्कोटा, बाबुराम गिरी, काजीमान राई, उमा चौधरी, सुमी सुनार, समीर गैह्रे, हिरा गुरुङ, रामविलास राई, पार्वती सुनार, टेक बहादुर गुरुङ, सन्तोष पराजुली, कञ्चन राई, नमुना कार्की, श्रीधर कडेंल, सञ्जु लिम्बु, रुविन गुरुङ, कुशल पोखरेल, विक्की गुरुङ, सुनिल बराल, प्रमिला तामाङ, थमन गुरुङ, नमुना तिमिल्सिना, जीवन कार्की, निशेषराज पन्थी, रोशन नेपाली, सूर्य गुरुङ, समीक्षा राना लगायतका कलाकारहरुले आफ्नो गायकी प्रस्तुत गरेका थिए ।

सङ्गीत प्रशिक्षण केन्द्र विन्ध्यवासिनीको सभाकक्षमा सम्पन्न उक्त साङ्गीतिक कार्यक्रममा वाद्यवादनतर्फ हार्माेनियममा नवराज बराल, तवलामा सुनिल बराल, गितारमा विक्की गुरुङ र मादलमा काजीमान राईले गायकहरुलाई साथ दिएका थिए ।

संगीत संयोजक श्रीमान थुलुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कलाकारहरुलाई सल्लाहकार नवराज बरालले स्वागत गीतले र सहसचिव सुरज उपाध्यायले शब्दद्धारा स्वागत गरेका थिए भने सचिव अर्जुन अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस