बृहत सद्भाव रयालीको तैयारी पुरा

पोखरा, १४ मङ्सिर-

नाकावन्दी तत्काल खोल्न माग गर्दै सामाजिक जागरणका लागी नारी अभियानको आयोजना पोखरा नगर महिला समन्वय समितिको संयोजनमा मंगलवार पोखरामा वृहत रयाली निकालीने भएको छ ।

विभिन्न संघसंस्थाको सहकार्यमा आयोजना हुन लागेको उक्त रयालीमा स्वतस्फुर्त रुपमा आध्यात्मिक देखी पेशागत संघसंस्थाहरु,पत्रकार,मानवअधीकारकर्मी, मुजदुर, विद्यार्थी, आमा समुह, टोलविकास संस्थादेखी सकारात्मक सोच भएका सम्पुर्ण राष्ट्रवादी व्यक्तीहरुको साथमा मदेशी र भारतीय नागरीकको समेत सहभागीता रहने आयोजकको विश्वास रहेको छ ।

उक्त रयालीको सम्पुर्ण तैयारी पुरा भएको जानकारी अभियानका संयोजक सुष्मा पौडेलले दिदै सहभागीताका लागि सवैलाई अनुरोध गरेकि छिन् । उनका अनुसार रयाली सफलपार्न गठन भएको विभिन्न उपसमितिहरु सक्रिय रुपमा लागि परेको उनले वताइन् । रयालीमा हिमाल, पहाड, तराई कोही छैनौ पराई,टुटेर होइन जुटेर देश बनाउने समय हो ,कालोबजारी नियन्त्रण गर,भो अब अति भो अतिवादको अन्त्य गरौं, हामी स्वाभीमानी नेपाली हौ, छिमेकी राष्ट्रबिरोधी होइनौ, नाकाबन्दी खुला गर, जनतालाई दुःख दिएर होइन, वार्ताबाट समस्याको समाधान खोज, मानवअधिकारको सम्मान गर,छिमेकी राष्ट्रबीचको सम्बन्ध सुमधुर बनाऔ, भारत सरकार, असल छिमेकी राष्ट्रको भूमिका निर्वाह गर, भारत सरकार हामी हेपिएको होइन, बराबरीको सम्बन्ध चाहन्छौं, हामी द्वन्द्व होइन, शान्ति चाहान्छौं,नाकाबन्दी अमावीय कार्य हो, तुरुन्त बन्द गर ,मातृभूमि रोइरहको छ, अझै पीडा नथपौं, भूकम्पले दिएको पीडा ताजै छ, नाकाबन्दी थेग्न सक्दैनौ,मधेसको जायज माग पूरा गरी देशमा शान्ति बहाली गर,बुद्ध जन्मेको देशमा युद्धको आगो नसल्काउ, हामी सद्भाव चाहन्छौं, हामी एकता चाहन्छौं, हामी भातृत्व चाहन्छौं ,घृणाले घृणा जन्माउँछ, प्रेमको सन्देश फैलाऔं, छिमेकी राष्ट्रको गुण सम्झी वैगुन सबै भुलाइदिऔं, भाइभाइ नफुटांै देश उठाउने समय हो लगायतका नारा अंकित प्लेकार्डहरु प्रदर्शन गरिनेछन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button