पोखरा सहित कास्कीमा भोलि मंगलबार डिजेल वितरण हुने

पोखरा १४, मंसीर-

पोखरा सहित कास्कीमा भोलि मंगलबार डिजेल वितरण हुने भएको छ । कास्की क्षेत्रका  २७ वटा पम्पबाट १ लाख ११  हजार लिटर डिजेल वितरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा सोमबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको वैठकले सो  निर्णय गरेको  जिल्ला प्रशासन कार्यालय कास्कीले बताएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यो पटक जिल्ला प्रशासन कार्यालय कास्कीले  डिजेल वितरण को सम्बन्धमा विभिन्न निर्णयहरु  गर्दै शैक्षिक प्रतिष्ठानहरुको लागि, पयर्टक सवारीको लागि, औधोगिक क्षेत्रको उत्पादन बजारसम्म ल्याउने साना सवारीको लागि र अन्य सवारीसाधनको लागि पम्पहरुको नामावली र वितरण गरिने परिमाण को मात्र निम्न अनुसार छुट्याइएको छ ।

निर्णय नं. १- मिति २०७२।८।१५ गते कास्की जिल्लाको निम्न पम्पहरुबाट १११ के.एल. डिजेल निम्नानुसार वितरण गर्ने:

diasel distributionpokhara kaski

निर्णय नं. २-

उल्लेखित पम्पहरु मध्ये श्रीओम पे. टेडर्स चाउथे–३ के.एल., श्री अन्नपूर्ण आयल–४ के.एल., ऋषि एण्ड वदर्श साझा–४ के.एल. समेत जम्मा ११ के.एल. डिजेल जिल्लाका शैक्षिक प्रतिष्ठानहरुको लागि मात्र छुट्टयाइएको छ  । सो को वितरण प्याब्सन कास्कीको सिफारिसमा गरिने छ  ।

निर्णय नं. ३-

बराल आयल स्टोर्स पोखरा–४ के.एल. डिजेल मध्ये २ के.एल. नाटाको सिफारिसमा पयर्टक सवारीलाई मात्र वितरण गरिने  र १ के.एल. जिल्लाका आंगिक क्याम्पस समेतको लागि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा वितरण गरिने त्यसैगरी बाकी १ के.एल. डिजेल निर्णय नं. ५ बमोजिम वितरण गरिने छ  ।

निर्णय नं. ४-

इन्द्रज्योती आयल स्टोर्स लेखनाथ–६ के.एल., पश्चिमाञ्चल ट्रेडर्स लेखनाथ–६के.एल., सागर आयल स्टोर्स–४ के.एल. र रानीपौवा आयल स्टोर्स–६ के.एल. गरी जम्मा २२ के.एल. डिजेल मध्ये २० के.एल. कास्की जिल्लाका यातायात व्यवसायीहरुको सिफारिसमा, ०.५ के.एल. औधोगिक क्षेत्रको उत्पादन बजारसम्म ल्याउने साना सवारीको लागि र बाकी १.५ के.एल. डिजेल निर्णय नं. ५ बमोजिम वितरण गरिने छ  ।

निर्णय नं. ५-

निर्णय नं.२, ३ र ४ मा उल्लेखित यस वुँदा बमोजिम हुने भनी तोकेको परिमाणको वितरण गर्ने र सो बाहेकका अन्य पम्पहरुले लाइनमा वसेका निम्न सवारीहरुलाई मात्र निम्नानुसारको परिमाणमा डिजेल उपलब्ध गराउने ।

१. ठूलो बस÷ट्रक– रु.८०००।– बराबरको
२. मिनी बस÷ट्रक– रु.३०००।– बराबरको
३. हायस माइक्रो – रु.३०००।– बराबरको
४. सानो माल ढुवानी मिनी ट्रक– रु.२५००।– बराबरको
५. खाद्यान्न ढुवानीका साना साधनहरु– रु.२०००।– बराबरको
६. ठूला टेक्टरहरु – रु.१५००।– बराबरको
७. साना टेक्टरहरु – रु.५००।– बराबरको
८. अन्य विविध साधनहरु– रु.१०००।– बराबरको

निर्णय नं. ६.

डिजेल वितरण गर्दा गाडी नं. र बुझ्ने व्यक्तिको नाम, नम्वर तथा परिमाण सहितको अभिलेख राखी अनुगमनमा खटिने कर्मचारीलाई पनि देखाउनु पर्ने  र वितरण पश्चात सोको अभिलेख जिल्ला प्रशासन कार्यालय कास्कीमा पेश गर्नुपर्ने छ ।

निर्णय नं. ७.

कास्की जिल्लाको पेट्रोलियम पदार्थको वितरण सम्वन्धी कार्यको अनुगमन तथा निरीक्षण गर्दै वितरण प्रकृयालाई वितरण प्रकृयालाई  प्रभावकारी बनाउनको लागि भन्दै ५|५सदस्यीय समिति गठन गरीने भएको  छ  । उत्त समितिमा लेखनाथ पारी र  पोखरा क्षेत्रमा निम्न प्रतिनिधि रहनेछन :

(क) लेखनाथ पारीको क्षेत्रमा ः
१. राजन नेपाल, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघ – सदस्य
(ख) पोखरा क्षेत्रमा ः
१. प्रशुराम अधिकारी, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ – सदस्य

डिजेल वितरण गर्ने गराउने शिलशिलामा अनुगमन तथा निरीक्षण समितिले पम्पहरुको शुरु तथा अन्तिम मास्टर मिटर रिड गरी पारित नीति बमोजिम वितरण भए, नभएको अनुगमन गरी वितरणको प्रभावकारिता सुनिश्चित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button