पोखरामा बाह्र भैरव नृत्यको तयारी

पोखरा, १५ मंसीर-
प्रत्येक छ/छ वर्षको अन्तरालमा निकालिने पोखराको महत्वपुर्ण साँस्कृतिक धरोहर बाह्र भैरव नृत्य यस वर्ष पनि धुमधामका साथ देखाईने भएको छ।

नृत्य सुरु हुनु पहिला नृत्य समुह, वाद्य वादन समुह, रागी समुह र अन्य सदस्यहरुको ठुलो समुहले किसली चढाउने गरिन्छ। किसली भनेको एउटा दुनामा एकमुठी चामल, सानो सुपारी, सिक्का, धुप र फुलको थुप्रोलाई भनिन्छ। उक्त किसली चढाउने कार्यक्रम यहि मंसीर १७ गते विहान गरिने भएको समितिले जानकारी दिएको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उक्त दिन भैरवाष्ठमीको दिन पनि भएकोले भैरबलाई मन पर्ने खानाको परिकार ‘रोट र सम्ह्यवजी द्व’ चढाउने गरिन्छ।
बाह्र भैरव नृत्य माघ महिनादेखी निकाली चैत्र/वैशाख महिनासम्म पोखराका हरेक वस्तीहरुमा प्रदर्शन गरिन प्रचारप्रसार संयोजक अष्ठ्मान प्रधानाङ्गले वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button