जापानमा ड्याम साईड क्लब विजयी

  • पोखरा न्यूज
  • २०७२ मंसिर १५
जापानमा ड्याम साईड क्लब विजयी

पोखरा, १५ मंसीर-
जापानमा आयोजना हुदै आएको फेडेरेशन रनिङकप फुटवल प्रतियोगिताको उपाधी ड्याम साईड क्लवले हात पारेको छ ।

आईतवार सिनकिवास्थित स्टेडियममा भएको प्रतियोगितामा घान्द्रुक समाजलाई ६–३ गोल अन्तरले पराजित गर्दै ड्याम साईडले उपाधी जितेको हो । फाईनल भिडन्तमा नेपाली राष्ट्रिय टोलीका पुर्व खेलाडी विसन गौचन तथा स्ट्राईगर सन्तोष साहुखलको जोडीले खेललाई नियन्त्रणमा राखेको थियो । सेमी फाईनलमा ड्याम साईड क्लबले शुभराशी क्लव तथा घान्द्रुकले दुई पटकको उपाधी विजेता दीप युनाईटेडलाई हराउदै फाईनल पुगेका थिए ।japan football

प्रतियोगितामा उत्कृष्ट खेलाडी विसन गौचन, उत्कृष्ट गोल किपर डयाम साईडकै नवीन महर्जन, उच्च गोलकर्ता घान्द्रुकका शंकर श्रेष्ठ, उत्कृष्ट रक्षक घान्द्रुककै हिरोसीले दश/दश हजार नगद पुरस्कार हात पारेका थिए ।

टिमको कप्तानी गरेका वसन्त गौचन तथा विसन गौचन ड्याम साईड क्लबबाट फुटबलको सुरुवात गरी नेपालको राष्ट्रिय खेलाडी भएका खेलाडि हुन्।

लिगकम नकआउट चरणमा भएको प्रतियोगितामा २० टिम सहभागिता रहेका थिए । ड्याम साईड क्लब जापानको टिम मेनेजरमा युवा व्यवसायी अमृत गुरुङ र टिम कोचमा क्लबका जापान संयोजक एवं पुर्व अध्यक्ष रमेशकुमार गुरुङ थिए।

जापानका विभिन्न क्षेत्रमा वसोवास गर्ने नेपालीहरुको सहभागिता रहेको प्रतियोगितालाई भव्य र सभ्य बनाउन सहयोग गर्ने सवैलाई आयोजक नेपाल जापान युथ क्लवका अध्यक्ष टासी लामाले धन्यवाद दिनुभएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस