सांग्रिला डेभलपमेन्ट बैंकद्धारा २० प्रतिशत बोनस शेयर दिने

  • पोखरा न्यूज
  • २०७२ मंसिर १७
सांग्रिला डेभलपमेन्ट बैंकद्धारा २० प्रतिशत बोनस शेयर दिने

पोखरा १७, मंसिर-

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई करीब २० प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । काठमाण्डौको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूंजी ७३ करोड ६० लाखको २०.८५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको बैंकले जनाएको छ ।

उक्त विकास बैंकको हालै बसेको संचालक समितिको १ सय ५६ औं बैठकले निर्णय पारित गरि स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि बार्षिक साधारण सभाबाट पारित गरि उक्तशेयर वितरण गरिने भएको प्रमुख कार्यकारी अधिकृत पौडेलले जनाए ।

यस विकास बैंकले चालु आर्थिक बर्ष २०७२÷७३ को कार्तिक मसान्त सम्म ८ अर्ब ५९ करोड निक्षेप संकलन गरी ६ अर्ब ६६ करोड कर्जा प्रवाह तथा आश्विन मसान्तसम्म ५ करोड १ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको पौडेलले बताए । बैंकको निष्कृय कर्जा अनुपात ०.४७ प्रतिशत रहेको छ । केन्द्रीय कार्यालयका साथै कुल २८ वटा शाखा कार्यालय रहेको यस विकास बैंकले निकट भविष्यमै कर्णाली अञ्चलको जुम्ला, ललितपुरको इमाडोल, बर्दियाको गुलरियामा समेत थप शाखाहरु स्थापना गर्ने भएको छ । आफ्नै ११ वटा ए टी एम सहित ग्राहकहरुलाई अत्याधुनिक मोबाईल बैंकिङ्ग तथा ईन्टरनेट बैकिङ्ग सेवा लगायत ए.बि.बि.एस. सेवा, तथा क्षेत्रीय कार्यालय न्यूरोड
पोखरा र धम्बोझी चोक नेपागञ्जबाट लकर सेवा, सुनचांदी धितो कर्जा सेवा, ३६५ दिन बैंकिङ्ग सेवा र सन्ध्या कालिन काउन्टर सेवा समेत प्रदान गर्दै आईरहेको यस विकास बैंकका झण्डै १ लाख ४० हजार ग्राहक संख्या रहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस