पोखरा १७, मंसिर-
पश्चिमाञ्चल क्षेत्रकै पहिलो एक मात्र कन्या क्याम्पस २४ बर्ष पुरा गरी २५ बर्ष प्रबेसको अवसरमा क्याम्पसले बर्ष भरी विभिन्न कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाउने भएको छ ।
गुणस्तरीय शिक्षाको माध्यमबाट महिला शशंक्तिकरण अभियानमा निरन्तर लाग्दै आएको उक्त क्याम्पसले रजत जयन्तीको अवसरमा प्रभातफेरी, रक्तदान,अन्तरकलेज भलिवल, निवन्द प्रतियोगिता, तालिम गोष्ठी अन्र्तकृया लगायतका कार्यक्रमहरु गर्ने भएको बिद्यालयले विहिबार क्याम्पसमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो । क्याम्पसको रजत जयन्तीको अवसरमा यही मंसिर २१ गते बिहान प्रभातफेरी र रक्तदान कार्यक्रम गर्ने भएको कन्या क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्रलाल प्रधानले बताए । उनका अनुसार मंसिर २२ गते भने क्याम्पस परिसरमै रजत जयन्तीको उद्घाटन समेत हुने भएको छ ।
क्याम्पसले बर्ष भरी बिद्यार्थीहरुको प्रतिभा प्रष्फुटन हुने तथा सामाजिक क्षेत्रमा सहयोग पुग्ने गरी विभिन्न कार्यक्रमहरु आयोजना गर्ने तयारी गरेको उनले जनाए । पृथ्बीनारायण क्याम्पस पोखरामा कार्यरत १० जना स्थायी प्राध्यापकहरुको पहलमा २०४८ मंसिर २२ गतेदेखि कन्या माध्यमिक बिद्यालयको परिसरबाटै क्याम्पस स्थापना भएको हो । क्याम्पसमा हाल प्लस टु तर्फ ३ सय ८७ जना, स्नातक तहमा ३ सय ९९ जना र स्नातकोक्तर तहमा १४ जना छात्राहरु रहेको बिद्यालयका प्रिन्सिपल सुरेन्द्र मानन्धरले बताए । क्याम्पसमा हाल ५१ जना प्राध्यापक सहित ६३ जना कर्मचारी रहेका छन । विभिन्न अक्षयकोषबाट बार्षिक रुपमा ३० जना छात्राहरु लाभान्वीत हुदै आएको उनले जनाए । क्याम्पस र जापानको जापान नेपाल महिला शिक्षा संघ गैरसरकारी संस्थाको संयुक्त प्रयासमा साकुरा डोरामिटरी छात्रावास परियोजना अन्र्तगत हालसम्म ५ जनाले जापानमा एक बर्ष अध्यन गर्ने अवसर प्राप्त गरेको प्रिन्सिपल सुरेन्द्र मानन्धरले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution