पोखरा, १७ मङ्सिर-
देशवासीबिच सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले अनेरास्ववियु भूगोल जिल्ला कमिटी कास्कीको टोली तराइवासीसंग मितेरी साइनो गाँस्न बिहीबार विरगञ्जतर्फ लागेका छन् । भारतको नाकाबन्दी, मधेशी आन्दोलन संगै देशमा सृजना भएको असहज परिस्थीतका कारण सद्भाव खलल हुँदै गएको भन्दै मितेरी साइनो गाँस्ने निर्णय गरेको कमिटिले जनाएको छ । राष्ट्रियता बचाउने अभियान लिएर विरगञ्ज लागेको छ । जिल्ला अध्यक्ष शेखर गौतमको नेतृत्वको १० सदस्यीय टोलीमा सचिव अमृत ढकाल, पियू जिल्ला इन्चार्ज लक्ष्मीनारायण न्यौपाने, क्षेत्र नं. ४ इन्चार्ज माधव गौतम, पूर्व जिल्ला सदस्य सुजन बाँनिया, जिल्ला कमिटि सदस्य राजेन्द्र अधिकारी, उपेन्द्र गिरी लगायत रहेका छन् ।
साथै टोलीले राष्ट्रियताको पक्षमा विरगञ्जका नागरिकहरुसँग छलफल गर्ने अध्यक्ष गौतमले जानकारी दिए । तीन दिने भ्रमणमा टोलीमा गएका विद्यार्थीहरुले देशवासीबिच फैलिएको भ्रमलाई निवारण गर्न चेतनामुलक कार्यक्रम आयोजना गर्ने साथै हामी सबै नेपाली भन्ने मुल नारा घन्काउने बताएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution