एलआइसी नेपालद्धारा दाबी रकम भुक्तानी हस्तान्तरण

पोखरा १८, मंसिर-
लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल ) लिमिटेडले विमाको दाबी रकम भुक्तानी गरेको छ । पोखरा शाखाबाट विमा गरेका आर्वाविजय गाविसका निरज बरालको मुत्यु दाबी रकमको भुक्तानी एक समारोहका विच सुक्रबार पोखरामा हस्तान्तरण गरीएको हो ।

केहि दिन अघि उनको पोखरा मालेपाटनमा मृत्यु भएकोले एलआईसीले ४ लाख ७० हजार २ सय रुपैयाको चेक मृतकका श्रीमती मनकुमारी देवकोटालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रमोदरन्जन मिश्र, महाप्रवन्धक (डीजीएम) अविजीत घोसले, पोखरा शाखाका प्रवन्धक सोन आले मगरले हस्तान्तरण गरेका हुन ।lic2

दुई लाखको विमा गरेका मृतक बरालले तीन किस्तामा करीब ३७ हजार बुझाएको कम्पनीले जनाएको छ । मृतक बरालको परिवारलाई दुर्घटना विमा, उनले तिरेको रकमको वोनश सहितको उक्त रकम कम्पनीले प्रदान गरेको हो ।

यसै बिच एलआईसी नेपालले सुक्रबार पोखरा क्षेत्रका केहि अभिकर्तालाई विमाश्री अवार्डबाट सम्मान गरेको छ । कम्पनीले दिएको लक्ष्य पुरा गरेका १ सय २ जना अभिकर्तालाई बिमाश्रीबाट सम्मान गरीएको हो । साथै कम्पनीले सुक्रबार नै विमा सम्बन्धि प्रशिक्षण कार्यक्रम समेत आयोजना गरेको थियो । कम्पनीका सीइओ मिश्र, डीजीएम घोस, पोखरा शाखाका प्रवन्धक आले मगरले विमा सम्बन्धि सहजीकरण गरेका थिए । कार्यक्रममा एलआइसी एजेन्स म्यानेजर केदारनाथ अधिकारी, पेशागत विमा अधिकर्ता संघ उपशाखा अध्यक्ष रुकबहादुर गुरुङ, अभिकर्ता मिना गुरुङ र लालकुमार अधिकारीले पनि वोलेका थिए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button