एचआइभी एड्स सम्बन्धी जिल्ला स्तरीय परिचयात्मक गोष्ठी आयोजना

पोखरा, १८ मंसिर –
नेपाल रेडक्रस सोसाइटी कास्कीले महेन्द्र उच्च मावि लाचोकमा एचआइभी एड्स सम्बन्धी जिल्ला स्तरीय परिचयात्मक गोष्ठी आयोजना गरेको छ । शुक्रबार सुरु गोष्ठी शनिबारसम्म चल्नेछ । नेपाल जुनियर रेडक्रस सर्कल महेन्द्र उच्च माविको स्थानीय व्यवस्थापनमा सञ्चालित गोष्ठीमा २१ वटा विद्यालयका शिक्षक तथा विद्यार्थी गरी एकसय जना सहभागी छन् ।

उक्त अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति बामदेव ढुंगानाले सामाजिक तथा मानवीय क्षेत्रमा रेडक्रसले पुरयाएको योगदान अनुकरणीय रहेको बताए । विश्व एड्स दिवसको सन्दर्भमा गोष्ठी आयोजना गरिएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara

गोष्ठीमा एचआइभी एड्स लाग्नुका कारण तथा बच्ने उपाय लगायत विषयमा अन्तरक्रिया तथा छलफल गरिएको जुनियर रेडक्रस सर्कल महेन्द्र उच्च माविका शिक्षक नायक कृष्णप्रसाद चापागाईंले जानकारी दिए । नेपाल जुनियर रेडक्रस सर्कलका अध्यक्ष पूजा रानाभाटको अध्यक्षतामा आयोजित गोष्ठीमा महेन्द्र उच्च माविका प्रधानाध्यापक गोविन्दप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button