सुक गुरुङलाई उपचारको लागि सहयोग

पोखरा, १८ मंसिर-
पोखरेली मञ्च युकेले उच्च रक्तचाप र मधुमेहबाट दृष्टि गुमाउनु भएका मिर्गौला पीडित गितकार, गायक, संगीतकार सुक गुरुङलाई उपचार सहयोग प्रदान गरेको छ ।

चितवन जन्म भई पोखरामा हुर्की कर्म थलो बनाउनु भएका पीडित गुरुङलाई उहाँकै निवास लेखनाथ डाडाको नाकमा पुगी वरिष्ठ समाजसेवी, सामायिक अभियन्ता तमु धिं युकेका सल्लाहकार, सहारा युके, रामबजार सोसाईटी युकेका सल्लाहकार महेश गुरुङले १ लाख ३० हजार रुपैया उपचार सहयोग प्रदान गर्नुभएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

वरिष्ठ समाजसेवी नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, केही समय अगाडि अमेरिकाबाट पोखरा आउनु भएका रामबजार सोसाईटीका सल्लाहकार समाजसेवी भिमसेन श्रेष्ठका साथ डाडाको नाकमा पुग्नु भएका वरिष्ठ समाजसेवी महेश गुरुङले स्वास्थ्य लाभ गरिरहनु भएका गीतकार, संगीतकार सुक गुरुङलाई सहयोग हस्तान्तरण गर्नुभएको हो । उक्त रकम मध्ये गुरुङको सहयोगका लागि पोखरेली मञ्च युकेका अध्यक्ष क्याप्टेन सिवी पुनको विशेष सक्रियतामा मञ्चले च्यारिटी आयोजना गरी संकलित १ लख २५ हजार रुपैया र महेश गुरुङका साथमा पीडित सुक गुरुङलाई भेट्न पुग्नु भएको कोमल मनका सहयोगी भिमसेन श्रेष्ठले तत्स्थानमा प्रदान गर्नुभएको ५ हजार गरी १ लाख ३० हजार रुपैया सहयोग प्रदान गरिएको हो ।

पोखरेली मञ्च युकेले आयोजना गरेको च्यारिटीमा गायक रविन श्रेष्ठ, सर्मिला बर्देवाले गितकार सुक गुरुङको गीत गाउनु भएको सामाजिक अभियन्ता महेश गुरुङले जानकारी दिनुभयो ।

सहयोग ग्रहण गर्दै स्वास्थ्यलाभ गरिरहनु भएका गितकार, गायक, संगीतकार ५५ वर्षिय सुक गुरुङले मान्छे हुन्छु भनेको सोचेको थिईन देश विदेशबाट साथ सहयोगबाटै नयाँ जीवन पाएको बताउनुभयो । दुवै आँखाको दृष्टि गुमेको थियो अहिले हल्का देख्न थालेको छु, सबैको सहयोगले पुर्ण स्वास्थ्य लाभ हुने विश्वास गुरुङले व्यक्त गर्नुभयो । अहिलेसम्म करिब २० लाख सहयोग प्राप्त भएकोमा ७० प्रतिशत विदेशबाट, अपरिचित सहयोगदाताहरुबाट सहयोग प्राप्त भएको भन्नुहुदै आफ्नो गित संगीत श्रोताहरुलाई मनपराएको खुशी व्यक्त गर्नुभयो । गितकार संगीतकार गुरुङले आफ्नो सिर्जनाबाट चर्चा बनाएका केहीले आफुलाई गुमनाम बनाउन खोज्दा भने दुख लागेको बताउनुभयो ।

करिब २ वर्ष अघिदेखि उपचाररत एवं स्वास्थ्यलाभ गरिरहनुभएका गितकार संगीतकार गुरुङले आफु अहिले पनि पटक पटक स्वास्थ्य परिक्षण गरिरहनु पर्ने र एक पटकमा कम्तीमा १० हजार रुपैया खर्च लाग्ने बताउनुभयो ।

सहयोग हस्तान्तरण गर्नुहुदै वरिष्ट समाजसेवी, सामाजिक अभियन्ता महेश गुरुङले शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुदै बाँकी जीवन उपयोगी बनाउन आग्रह गर्नुभयो ।

उक्त अवसरमा स्वास्थ्यलाभ गरिरहनुभएका गितकार संगीतकार सुक गुरुङले सहयोग हस्तान्तरण गर्न र भेटघाटका लागि पुग्नु भएकाहरुलाई आफ्नो कृति गीत, मुक्तक, कविता संग्रह मेरा अन्र्तवेदनाहरु पुस्तक उपहार प्रदान गर्नुभएको थियो ।

गितकार, संगीतकार गुरुङको रचना छेक्यो छेक्यो, आँखैमा झलझली, इशारा, दोबाटोमा लगायत दर्जनौं गीतहरु चर्चित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button