पोखरा, १८ मंसिर-
पहिचान र अधिकारको आन्दोलनमा रहेको तमुवान संयुक्त संघर्ष समिति, तमुवान प्रदेश र मगराँत संघर्ष समिति मगराँत प्रदेशले आन्दोलनलाई मोर्चाबन्दी गर्दै शुरु गरेको आन्दोलन अन्र्तगत मंसिर २८ गते पोखरामा आयोजना गरिने तमुवान—मगरात प्रर्दशन तथा सभामा तमु धिं नेपालको बृहत सहभागिता रहने भएको छ ।
तमु धिं नेपालको शुक्रवार सम्पन्न बैठकले ल्होछार तयारीका विविध निर्णयहरुका साथै तमुवान प्राप्ति, तमु जातिको पहिचान र अधिकारका लागि आयोजना गरिने तमुवान—मगरात प्रर्दशन तथा सभामा तमु धि नेपाल र तमु धिं नेपाल अन्र्तगत रहेको ४५ समाजहरु तमु भेषभुषा र व्यानर सहित सहभागिता हुने निर्णय गरेको हो । तीन महिना अघिदेखि तमु धिं नेपालका कार्यसमिति सदस्य तथा प्रचारप्रसार संयोजक हुमबहादुर गुरुङको संयोजकत्वमा भईरहेको तमुवान आन्दोलनमा तमु धिं नेपालले संस्थागत निर्णय गर्दै मंसिर २८ गते पोखरामा हुने प्रर्दशन र सभामा तमुहरुको बृहत सहभागित गराउने निर्णय गरेको तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले जानकारी दिनुभयो ।
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले भन्नुभयो, नयाँ संविधानमा तमुहरुको अधिकार संशोधन गरेर भएपनि सुनिश्चित गरिनुपर्दछ । तमुवानको आन्दोलन कुनै पार्टी राजनीति नभई सामुदायिक अधिकार प्राप्तिको अभियान भएकाले पार्टी भन्दा माथि उठेर तमुको पहिचान, अधिकारका लागि सबै जुट्नुपर्नेमा उहाँको भनाई थियो ।
तमु धिं नेपालका वरिष्ठ सल्लाहकार सन्तबहादुर गुरुङले तमु समुदायकै लागि भईरहेको आन्दोलनमा तमु धिं नेपालको सहभागिताका जरुरी रहेको बताउनुभयो । उहाँले मंसिर २८ गते तमुहरुले पोखरा ढाकिनुपर्छ भन्नुभयो । वरिष्ठ सल्लाहकार गुरुङले विगतदेखि पोखरामा सामुहिक रुपमा मनाउदै आएको ल्होछार अहिले पनि सामुहिक रुपमा मनाउनुपर्नेमा किन ढिलाई भईरहेको छ तमु धिं नेपालले पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्र ल्होछारको कार्यक्रम अन्र्तगत नयाँ संविधानमा तमु लगायत आदिवासी जनजातिका अधिकारको व्यवस्थाका बारेमा बृहत अन्तरक्रिया जरुरी रहेको बताउनुभयो ।
बैठकमा तमुवानको आन्दोलनमा सबै तमुहरुको संस्थागत सहभागीता रहनु पर्नेमा तमु समाजका अध्यक्षहरुले जोड दिएका थिए । बैठकमा तमु धिं नेपालका खेलकुद संयोजक तेज गुरुङ प्र ल्होछारको अवसरमा आयोजना गरिने अन्तर तमु समाज भलिवल प्रतियोगिता, तमु समाज युके सडक दौड प्रतियोगिता र भिमबहादुर गुरुङ छेलो प्रतियोगिताको तयारीका बारेमा जानकारी गराउनुभएको थियो । बैठक तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पहिचान र अधिकारको आन्दोलनलाई मोर्चाबन्दी गर्दै तमुवान र मगराँत संघर्ष समितिले मंसिर १७ गते विहीवार प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र पठाउने निर्णय बमोजिम तमुवान र मगरातका जिल्लाहरुबाट १२ बुँदे मागसहितको ज्ञापनपत्र पठाएको थियो ।
तमुवान—मगराँत संयुक्त संघर्ष समितिको १२ बुँदे ज्ञापन पत्रमा थारु र मधेसीहरुको आन्दोलन अधिकार, पहिचान र न्यायको लागि भन्दै उनीहरुका मागलाई पनि समर्थन जनाएको छ । आन्दोलनरत शक्तिहरुसँग सार्थक वार्ताको माग गर्दै अधिकार प्राप्तिको लामो आन्दोलनमा रहेका संघीय लोकतान्त्रिक मधेसी मोर्चाका ११ बुँदे न्यायोचित माग र थरुहट थारुवान संघर्ष समितिको माग तत्काल पूरा गर्नुपर्ने, आन्दोलनरत पक्षहरुसँग तत्काल सार्थक वार्ता गरी समस्या समाधान, पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यासलगायत उपभोग्य सामग्रीको तत्काल सहज आपूर्ति, कालोबजारीलाई कडा कारबाही गर्न माग गरिएको छ ।
तमुवान—मगराँत संयुक्त संघर्ष समितिले पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान, तमुवान प्रदेश, मगराँत प्रदेश सुनिश्चितता, पहिचान र सामथ्र्यको आधारमा तमुवान प्रदेश र मगर जातीयता (राष्ट्रियता)को सिंगो क्लस्टर (सघन बसोबास)का आधारमा मगरात भूमिलाई समेटेर मगराँत प्रदेश घोषणा, धर्म्निरपेक्षताको गलत व्याख्याको खारेजी, राज्यका हरेक निकायमा जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने संवैधानिक सुनिश्चितता, बहुभाषिक नीतिको थालनी, धर्मसापेक्ष व्यवस्थाहरुको खारेजी, आदिवासीहरुको मानवअधिकार प्रत्याभुत गर्ने अन्तर्रा्ष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ र आदिवासीहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रलाई सम्मान गर्दै संविधान संशोधन, आदिवासी जनजाति महासंघसँग विगतमा गरिएका नौबुँदे र बीसबुँदे सहमति सम्झौता कार्यान्वयनको माग गरेको छ ।