छैठौ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

पोखरा, १९ मङ्सिर-

पोखराको सृजनाचोकमा रहेको गोल्डेन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो छैठौ वार्षिकोत्सवका अवसरमा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरयो ।

रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको उद्घाटन गर्दे प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्रमुख प्राचार्य बद्रीनाथ अधिकारीले सहकारीले यस्ता रचनात्मक क्रियाकलाप गर्नु सकरात्मक रहेको बताउनु भयो । संस्थागत, सामाजिक उत्तरदायित्व संझेर यस्ता प्रकारका गतिविधि गर्नुपर्नेमा उहाले जोड दिनुभयो । संस्थाका अध्यक्ष गुडाखर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव कृष्णप्रसाद पोखरेल र संचालन राजकुमार घिमिरेले गर्नु भएको थियो ।

संस्थाले बर्षेनी वार्षिकोत्सवका अवसरमा रक्तदान लगायतका विविध रचनात्मक कामहरु गर्दै आएको र भविष्यमा पनि गर्दै जाने प्रबन्धक ऋषीराम पौडेलले बताउनु भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button