न्यौपानेलाई शनिबार एक समारोहका विच विदाई

पोखरा, १९ मंसिर-

नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपानेलाई शनिबार पोखरामा एक समारोहका विच विदाई गरीएको छ । वैदेशीक रोजगारीका लागि जापान जान लागेका अध्यक्ष न्यौपानेलाई मञ्च कास्कीले शनिबार विदाई गरेको हो ।neupane2

मञ्च कास्कीका उपाध्यक्ष सन्देश श्रेष्ठ, निवर्तमान अध्यक्ष विनोद लामिछाने लगायतको टोलीले अध्यक्ष न्यौपानेलाई मायाको चिनो सहित फुलमाला तथा खादा लगायर विदाई गर्दै जापान यात्राको सफलताको कामना गरीएको हो । मञ्च कास्कीको नवौं बैठकले अर्को व्यवस्था नभएसम्मको लागि उपाध्यक्ष सन्देश श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको सचिव दिननाथ बरालले बताए ।

विदाई कार्यक्रममा अध्यक्ष न्यौपानेले आफ्नो १५ बर्षे पत्रकारीताको तीता मिठा अनुभव सुनाउदै आर्थिक अवस्था केहि बृद्धी गर्नको लागि विदेश जानलागेको बताए । उनले भने “मलाई नपुगेर विदेश जान लागेको होईन, मेरो परिवारको थप बृद्धि विकासको लागि जान लागेको हुँ, म जहाँ रहदा पनि यस संस्थालाई आफुले सकेको सहयोग गर्ने छु ।”

यसै विच, कास्की जिल्ला तेक्वान्दो संघका सचिव समेत रहेका न्यौपानेलाई शनिबार संघका पदाधिकारी तथा खेलाडी एवं प्रशिक्षकले विदाई गरेका छन । संघका अध्यक्ष जगन गुरुङ सहितको टोलीले पोखरा रंगशालामा उनलाई विदाई गरेको हो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button