पोखरा, मंसिर १९ –
पत्रकारीता क्षेत्रमा योगदान पुराएको भन्दै पत्रकार रमेश पौडेलाई शुभ कामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिवार सम्मान गरेको छ ।
शुभ कामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले को छौंटौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनका अवसरमा पत्रकार पौडेलाई राष्ट्रिय अनुसन्धान क्षेत्रिय कार्यलय पोखराका प्रमुख यादव रेग्मीले दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नु भएको हो । पौडेल संस्थाको सल्लाहाकार समेत रहनु भएको छ । पौडेल प्रेस युनियनका केन्दीय उपाध्यक्ष र रेडियो वारहीका कार्यकारी निदेशक, नेपाल टेलीभिजनका पोखरा समाचारदाता समेत रहनु भएको छ ।
सोही समाहरोमा संस्थाका शेयर धनी लोक वहादुर भण्डारी, असल ऋणी लक्ष्मी भण्डारी र शेयर धनी मध्यका एस.एल.सी परीक्षामा उत्कृष्ट नतिजा ल्याउनेका छोरा छोरी, सचिना कार्की, राजेस रेग्मीलाई सम्मान गरीएको थियो ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान क्षेत्रीय कार्यालय पोखराका प्रमुख यादव रेग्मीले सहकारी फाइदा मुखी भन्दा पनि सेवा मुखी हुनु पर्ने बताउनुभयो । सहकारीका अध्यक्ष नर बहादुर कार्कीले आगामी तीन वर्ष भित्र शेयर संख्या वृद्धि गरि १० करोड पुरयाउने लक्ष्य रहेको बताउनु भयो । सहकारीले १४ प्रतिसत वोनस समेत वितरण गरेको उहाँले वताउनु भयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष चेतनाराण सापकोटा, सचिव गोकर्ण बरुवाल, शेयर सदस्यका तर्फवाट प्रमीला देवि लम्साल ,शेयर सदस्य सुर्य प्रसाद बराल संस्थाका सल्लाकार महेश पराजुली लगायतले सहकारीको महत्व वारे बोल्नु भएको थियो ।
स्थापना कालमा ३३ सदस्य बाट सुरु भएको संस्थाले हाल २१० सदस्य छ । धौलागिरीबाट पोखरा आई बसोवास गरेकाहरुलाई प्राथमिकता दिएको छ । संस्थाले शेयर धनि बाट १ करोड ५ लाख संङ्गकलन गरेको छ भने निक्षेप संङ्कलन २ करोड ४० लाख रहेको छ । निक्षेप ३ करोड ६५ लाख ऋण लगानि गरेको संस्थाका कोषाध्यक्ष दल बहादुर जि.सीले बताउनु भयो । सहकारीले हाल सम्म ४ करोड ७० लाख बरावरको कारोबार गर्न सफल भएको छ ।
अध्यक्ष दलबहादुर जिसीको अध्यक्षमा ११ सदस्यीय कार्यसमीती समेत चयन गरेको छ ।संस्याको उपाध्यक्षमा प्रमीला देवि लामीछानेर सचिवमा प्रेम शंकर बरुवाल रहेका छन ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution