एड्स सम्बन्धी जिल्ला स्तरीय परिचयात्मक गोष्ठी सकियो

पोखरा, १९ मंसिर –
नेपाल रेडक्रस सोसाइटी कास्कीले महेन्द्र उच्च मावि लाचोकमा आयोजना गरेको एचआइभी एड्स सम्बन्धी जिल्ला स्तरीय परिचयात्मक गोष्ठी सकिएको छ । शुक्रबार र शनिबार आयोजित गोष्ठीमा कास्कीका २१ वटा विद्यालयका शिक्षक तथा विद्यार्थी गरी एकसय जना सहभागी थिए ।

गोष्ठीमा एचआइभी एड्स लाग्नुका कारण तथा बच्ने उपाय लगायत विषयमा अन्तरक्रिया तथा छलफल गरिएको जुनियर रेडक्रस सर्कल महेन्द्र उच्च माविका शिक्षक नायक कृष्णप्रसाद चापागाईंले जानकारी दिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara

नेपाल जुनियर रेडक्रस सर्कल महेन्द्र उच्च माविको स्थानीय व्यवस्थापनमा गोष्ठी आयोजना गरिएको हो । विश्व एड्स दिवसको सन्दर्भमा आयोजित गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति बामदेव ढुंगाना, जुनियर रेडक्रस युवा समितिका संयोजक राजेश घिमिरे, महेन्द्र उच्च माविका प्रधानाध्यापक गोविन्दप्रसाद अधिकारी, अध्यक्ष प्रेम ढकाल लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button