
मंसिर,२० पोखरा-
पोखरा १८ मजेरी पाटनमा रहेको हिमालय गल्फ क्लब कास्कीको आयोजनामा गल्फ खेलको विकास र गल्फर्सहरुको प्रगतिको लागी संचालन भएको गल्फ प्रतियोगिता आईतबार सम्पन्न भएको छ ।
प्रतियोगितामा १२ गल्फर्सहरुको सहभागीता रहेको थियो । प्रतियोगिता स्टेबल फोर्ड ७८ को आधारमा खेलाईएको थियो जसमा बसन्त गौचनले ३२ अंक प्राप्त गरीे बिजेता हुनुभएको छ भने गोविन्द गौचनले ३० अंक प्राप्त गरी द्धितिय हुनुभएको छ ।
बिजेता गल्फर्सहरुलाई गल्फ कास्कीका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङले ट्रफी प्रदान गर्नुभएकोे गुरुङले जानकारी दिनुभएको छ ।





