विषम परिस्थितिमा भएको रक्तदानको महत्व बढी हुने – थापा

पोखरा, २० मङ्सिर-

लायन्स क्लब अफ पोखरा माछापुछ्रे र चरक मेमोरियल हस्पिटल प्रालिले संयुक्तरुपमा आइतबार आयोजना गरेको रक्तदानमा २९ युनिट रगत संकलन भएको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानको कार्यक्रमका प्रमुख अतिथि लायन डिष्ट्रिक्ट गभर्नर ध्रुवबहादुर थापाले पहिलो रक्तदाता हस्पिटलका सुपरिटेण्डेन्ट डा. ऋषिराम ढकाललाई ब्लडब्याग हस्तान्तरण गरी शुभारम्भ गरेका थिए।

प्रमुख अतिथि थापाले मानिसको जीवन बचाउने रगतको संकलन कम भइरहेको विषम परिस्थितिमा भएको रक्तदानको महत्व बढी हुने बताए।

क्लबका सचिव एवम् हस्पिटलका डाइरेक्टर कपिल पोखरेलले सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदानको आयोजना गरिएको र यसलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताए।

कार्यक्रममा हस्पिटलका सुपरिटेण्डेन्ट डा. ऋषिराम ढकाल र लायन ब्लड डोनेशन चेयर पर्सन किशोर बरालले पनि बोलेका थिए। क्लबका अध्यक्ष कालिदास पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्लबका निवर्तमान अध्यक्ष अर्जुन थापा र सञ्चालन क्लबका सचिव एवम् हस्पिटलका डाइरेक्टर कपिल पोखरेलले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button