पोखरा, २१ मंसिर-
पोखरा क्षेत्रमा आज कोटा प्रणाली अनुसार संस्थागत रुपमा मात्र डिजेल वितरण हुदै छ । पोखरा क्षेत्रका ७ वटा पम्पबाट विभिन्न संस्थाहरुलाई डिजेल वितरण गर्ने निणर्य अनुसार डिजेल वितरण सुरु भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । पोखरा क्षेत्रमा करीब ५७ हजार लिटर डिजेल वितरण हुदैछ ।
शैक्षिक संघ संस्थाहरुको लागि प्याव्सन तथा एन प्याव्सन सहितका संस्थाहरुको समन्वयमा १२ हजार डिजेल वितरण गर्ने निर्णय भएको गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका महासचिव राजन गोगंजुले बताए । उनका अनुसार छोरेपाटनको बी.एस. आयल र चाउथेको डिआर आयल स्टोर्सबाट डिजेत वितरण हुदैछ ।
पोखरा बस व्यावसायी समिति, माइक्रो वस तथा ट्याक्सी र होलसेलका गाडीहरुलाई भने हरीचोकको लाद्रुक डिष्ट्रिव्युटर्सबाट डिजल वितरण हुदैछ । त्यसै गरी पृथ्बीराजमार्ग बस संचालक समितिलाई लामो तथा छोटो दुरीका यात्रुवाहक वसहरुको लागि विन्ध्यवासिनि र इन्द्रज्योति आयत स्टोर्सबाट डिजेल वितरण भएको छ। गण्डकी ट्रक संचालक समिति, बेगनासताल वस संचालक समितिका गाडीहरुलाई गण्डकी आयल स्टोर्सबाट डिजेल वितरण भएको छ । पर्यटक वस, स्थानीय श्रृगां, औधोगिक क्षेत्रका उद्योगको लागि नेश्नल ट्रेडिङ लिमिटेडबाट डिजेल वितरण भएको छ ।
कालिका फ्यूल स्टेसनबाट अत्यावश्यक सेवाको लागि आज पेट्रोल वितरण भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत रामजी प्रसाद कोईरालाले बताए । उनका अनुसार आज ३ हजार लिटर पेट्रोल कालिकाबाट वितरण हुने छ । पत्रकार, कर्मचारी लगायतका व्यक्तिहरुलाइृ अर्को दिनमा कालिका फ्यूल बाटै पेट्रोल वितरण हुने भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution