कोटा प्राणाली अनुसार संस्थागत रुपमा मात्र डिजेल वितरण हुदै

पोखरा, २१ मंसिर-

पोखरा क्षेत्रमा आज कोटा प्रणाली अनुसार संस्थागत रुपमा मात्र डिजेल वितरण हुदै छ । पोखरा क्षेत्रका ७ वटा पम्पबाट विभिन्न संस्थाहरुलाई डिजेल वितरण गर्ने निणर्य अनुसार डिजेल वितरण सुरु भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । पोखरा क्षेत्रमा करीब ५७ हजार लिटर डिजेल वितरण हुदैछ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

शैक्षिक संघ संस्थाहरुको लागि प्याव्सन तथा एन प्याव्सन सहितका संस्थाहरुको समन्वयमा १२ हजार डिजेल वितरण गर्ने निर्णय भएको गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका महासचिव राजन गोगंजुले बताए । उनका अनुसार छोरेपाटनको बी.एस. आयल र चाउथेको डिआर आयल स्टोर्सबाट डिजेत वितरण हुदैछ ।

पोखरा बस व्यावसायी समिति, माइक्रो वस तथा ट्याक्सी र होलसेलका गाडीहरुलाई भने हरीचोकको लाद्रुक डिष्ट्रिव्युटर्सबाट डिजल वितरण हुदैछ । त्यसै गरी पृथ्बीराजमार्ग बस संचालक समितिलाई लामो तथा छोटो दुरीका यात्रुवाहक वसहरुको लागि विन्ध्यवासिनि र इन्द्रज्योति आयत स्टोर्सबाट डिजेल वितरण भएको छ। गण्डकी ट्रक संचालक समिति, बेगनासताल वस संचालक समितिका गाडीहरुलाई गण्डकी आयल स्टोर्सबाट डिजेल वितरण भएको छ । पर्यटक वस, स्थानीय श्रृगां, औधोगिक क्षेत्रका उद्योगको लागि नेश्नल ट्रेडिङ लिमिटेडबाट डिजेल वितरण भएको छ ।

कालिका फ्यूल स्टेसनबाट अत्यावश्यक सेवाको लागि आज पेट्रोल वितरण भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत रामजी प्रसाद कोईरालाले बताए । उनका अनुसार आज ३ हजार लिटर पेट्रोल कालिकाबाट वितरण हुने छ । पत्रकार, कर्मचारी लगायतका व्यक्तिहरुलाइृ अर्को दिनमा कालिका फ्यूल बाटै पेट्रोल वितरण हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button