पोखरा, २१ मंसिर-
पश्चिमाञ्चल क्षेत्रकै पहिलो एक मात्र कन्या क्याम्पस २४ बर्ष पुरा गरी २५ बर्ष प्रबेसको अवसरमा क्याम्पसले बर्ष भरी विभिन्न कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाउन सुरु गरेको छ । सोमबार क्याम्पसले रजत जयन्तीको अवसरमा पोखरामा प्रभातफेरी र क्याम्पस परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरयो ।
क्याम्पस परिसरबाट विहान सुरु भएको प्रभातफेरी पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, मोहोरीयाटोल, भैरवटोल, नदीपुर हुदै क्याम्पस परिसरमा पुगेर टुंगिएको क्याम्पसका प्रिन्सिपल सुरेन्द्र मानन्धरले बताए । बाजागाजा सहित सूरु भएको प्रभातफेरीमा कन्या मावि तथा क्याम्पसका बिद्यार्थी, शिक्षक, अभिभावक, आमा समुह तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । महिला शिक्षामा जोड राष्ट्र विकासको मोड, नारी शिक्षाको पहिचान राष्ट्र विकासको अभियान, नारी शिक्षालाई प्रोत्साहन गरौं, शिक्षित महिला परिवारको पलिहो पाठाशाला लगायतका प्ले कार्ड समेत प्रभातफेरीमा प्रर्दशनी गरीएको थियो ।
प्रभातफेरी लगतै क्याम्पस परिसरमा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रमबाट २९ युनिट रंक्त संकलन भएको प्रिन्सिपल मानन्धरले बताए । क्याम्पसका संस्थापक अध्यक्ष सुरेन्द्र बहादुर भारीको संयोजकत्वमा कार्यक्रम भएको हो । पहिलो रक्तदाता मदन शर्माले रक्तदान गरी कार्यक्रमको शुभारम्भ भएको हो । मंगलबार क्याम्पस परिसरमै रजत जयन्तीको उद्घाटन समेत हुने भएको छ ।
गुणस्तरीय शिक्षाको माध्यमबाट महिला शशंक्तिकरण अभियानमा निरन्तर लाग्दै आएको उक्त क्याम्पसमा हाल प्लस टु तर्फ ३ सय ८७ जना, स्नातक तहमा ३ सय ९९ जना र स्नातकोक्तर तहमा १४ जना छात्राहरु रहेको बिद्यालयका प्रिन्सिपल मानन्धरले बताए । क्याम्पसमा हाल ५१ जना प्राध्यापक सहित ६३ जना कर्मचारी रहेका छन । क्याम्पसले बर्ष भरी बिद्यार्थीहरुको प्रतिभा प्रष्फुटन हुने तथा सामाजिक क्षेत्रमा सहयोग पुग्ने गरी विभिन्न कार्यक्रमहरु आयोजना गर्ने तयारी गरेको कन्या क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्रलाल प्रधानले बताए । पृथ्बीनारायण क्याम्पस पोखरामा कार्यरत १० जना स्थायी प्राध्यापकहरुको पहलमा २०४८ मंसिर २२ गतेदेखि कन्या माध्यमिक बिद्यालयको परिसरबाटै क्याम्पस स्थापना भएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution