पोखरा, २२ मंसिर-
जिल्ला प्रशासन कार्यालय कास्कीले पृथ्बीराजमार्ग बस संचालक समितिलाई डिजेल उपलब्ध गराए पछि समितिले एकलौटी ढंगले केहि हप्ता अघि बृद्धि गरेको भाडा दर घटाएको छ ।
पृथ्बीराजमार्ग बस संचालक समितिलाई प्रशासनले आफुहरुले माग गर्दै आएको पेट्रोलियम पदार्थ उपलब्ध नगराएको कारणले गर्दा आफुहरुले तीन गुणा भन्दा पनि महङगो पेट्रोलियम पदार्थ प्रयोग भएको कारणले बाध्य भएर भाडा बृद्धि गराएकोमा प्रशासनले केहि मात्रमा भए पनि पेट्रोलिय पदार्थ उपलब्ध गराएकोले भाडादर घटाएर पहिलाकै कायम हुने भएको समितिका महासचिव योगेन्द्र बहादुर केसीले बताए । समितिले एक्लौटी ढंगले ३० प्रतिशत भाडा बृद्धि गरेको थियो त्यस पछि भाडा बृद्धिको आलोचना भए पछि प्रशासनले समितिले माग गरेको केहि मात्रमा पेट्रोलिय पदर्था उपलब्ध गराउन थाले पछि समितिले बढाएको भाडा दर घटाएको हो ।
कास्की प्रशासनले लेखनाथको गगनगौडा ढिपोमा भएको पेट्रोलिय पदार्थलाई समानुपातिक ढंगले वितरण गर्न नसक्दा यातयात व्यावसायी र यात्रुबिच द्धन्द निम्तीएको हो । समितिमा आवद्ध भएका यात्रुवाहक वसहरुले बढी भाडा दिएको खण्डमा प्रशासनले कार्रवाही गर्न उनले माग गरेका छन । बढी भाडा लिने उपर कार्रवाही गर्न समिति पनि पछि नपर्ने महासचिव केसीले जनाए । उनले भने “हाल प्रशासनले हामीले माग गरे अनुसारको पुरा पेट्रोलियम पदार्थ उपलब्ध नगराए पनि केहि मात्रमा भए पनि उपलब्ध गराएकोले हामीले पहिलाकै भाडादरमा सेवा दिदै जाने छौं तर प्रशासनले पेट्रोलियम पदार्थ सहज रुपमा पुनः उपलब्ध गराउन नसकेको अबस्थामा फेरी हामी बाध्य भएर भाडा बृद्धि गर्ने छौं ।” ऋण धन गरेर वसहरु संचालन गरेकोले कालोबजारीयाको मिसावट युक्त महङगो पेट्रोलिय पदार्थ प्रयोग गर्न बाध्य भएकोले आफुहरुले नचाहेर पनि भाडा बृद्धि गर्नु परेको केसीको भनाई थियो । प्रशासनले पेट्रोलियम पदार्थ उपलब्ध नगराई भाडा बृद्धि गर्दा कार्रवाही गर्न खोजे आफुहरुले आफ्ना वसहरु घर ग्यारेजमा थन्काउने उनले चेतावनी दिएका छन ।
त्यसै गरी क्षेत्रिय नाट्टा संघ पोखराका प्रथम उपाध्यक्ष दिल गौतमले आफुहरुलाई प्रशासनले केहि हदसम्म भए पनि पेट्रोलियम पदार्थ उपलब्ध गराएकोले पहिला बृद्धि गरेको भाडा दर पुनः पहिलाकै अबस्था कायम हुने भएको बताए । संघमा आवद्ध भएका वसहरुमा महङगो शुल्क तिरेर पेट्रोलिय पदार्थ प्रयोग गरेको हुदा १० देखि १५ प्रतिशतसम्म पर्यटक वसमा भाडा बृद्धि भएको थियो । हाल पर्यटकीय स्तरका करीब १० वटा वसहरु पोखराबाट काठमाण्डौं संचालन हुदै आएका छन । पोखरा वस व्यावसाय समितिले भने कालोबजारीयाको पेट्रोलिय पदार्थ प्रयोग गरेरै भए पनि सरकारले तोकेको भाडा दरमै यात्रुहरुलाई सेवा दिदै आएको समितिका अध्यक्ष रमेश गिरीले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution