पोखरा, २२ मंसिर-
कास्कीमा भोलि बुधबार जोर विजोर नम्वरका आधारमा विभिन्न पेट्रोल पम्पबाट मोटरसाईकल-स्कुटरलाई मात्र पेट्रोल वितरण हुने भएको छ । बुधबार विहान कास्कीका १४ वटा पेट्रोल पम्पबाट मोटरसाईकल-स्कुटरलाई ८४ हजार लिटर पेट्रोल वितरण हुने भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । मोटरसाईकल र स्कुटरलाई ४ सय रुपैयाको पेट्रोल वितरण हुने भएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत रामजीप्रसाद कोईरालाले बताए ।
बुधबारको लागि मोटरसाईकल-स्कुटरलाई वितरण हुने पम्प र स्थानहरुको लिस्ट विवरण

पेट्रोलियम पदार्थ अभाव भएको तीन महिना पछि सवै भन्दा धेरै पेट्रोल वितरण हुन लागेकोले अधिकाशं मोटरसाईकल तथा स्कुटरहरुले पेट्रोल प्राप्त गर्ने भएको गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका महासचिव राजन गोगंजुले बताए । उनका अनुसार आजै पेट्रोल पम्पमा पेट्रोल पुग्छ भने भोलि विहान ८ बजे देखि एकै समयमा वितरण हुने भएको छ ।
विहिबार भने पोखराका विभिन्न पम्पबाटै चारपाग्रे सवारुी साधनहरुलाई पेट्रोल वितरण हुने भएको छ । १२ वटा पेट्रोल पम्पबाट ६ हजार लिटरका दरले पेट्रोल वितरण हुने भएको गंगजुले जनाए । २० हजार भन्दा बढी मोटरसाईकहरुले एकै दिनमा पेट्रोल प्राप्त गर्ने भएका छन ।
विहीबारको लागि चारपाग्रे सवारुी साधनहरुलाई वितरण हुने पम्प र स्थानहरुको लिस्ट विवरण
क)


कालिका फ्यूल स्टेसनबाट अत्यावश्यक सेवाको लागि पेट्रोलीयम पदार्थ वितरण हुदै आएको छ । यसै क्रममा पत्रकारहरुलाई प्रेस काउन्सीलले प्रदान गरेको पत्रकार परिचय पत्र (रातो काड) को आधारमा पेट्रोल वितरण हुने भएको प्रशासनले जनाएको छ । पोखरा क्षेत्रमा हिजो सोमबार कोटा प्रणाली अनुसार संस्थागत रुपमा मात्र ५७ हजार लिटर डिजेल वितरण भयो । पोखरा क्षेत्रका ७ वटा पम्पबाट विभिन्न संस्थाहरुलाई डिजेल वितरण भएको हो ।





