कन्या क्याम्पसको रजत जयन्तीको उद्घाटन

  • पोखरा न्यूज
  • २०७२ मंसिर २२
Post Thumbnail

पोखरा, २२ मंसिर-
पश्चिमाञ्चल क्षेत्रकै पहिलो एक मात्र कन्या क्याम्पस २४ बर्ष पुरा गरी २५ बर्ष प्रबेसको अवसरमा क्याम्पसको मंगलबार रजत जयन्तीको उद्घाटन गरीएको छ ।

पश्चिमाञ्चलका क्षेत्रिय प्रशासक केदार बहादुर अधिकारी, क्याम्पसका संस्थापक, संस्थापक शिक्षक, कोष तथा छात्रबृत्तिका सहयोगी दाता लगायतका २५ जना अतिथिहरुबाट एकै साथै गमलामा पानी राखेर उक्त कार्यक्रमको औपचारीक उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै क्षेत्रिय प्रशासक अधिकारीले महिलाको क्षेत्रमा कन्या क्याम्पसले पुराएको योगदानको चर्चा गर्दै क्याम्पसमा आधुनिक तथा गुणस्तरीय शिक्षा हासिल गर्न सवैको साथ र सहयोगको आवश्यकता भएको बताए ।

कन्या क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्रलाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा क्याम्पसका संस्थापक सदस्य तेजनारायण घिमिरे, समाजसेवि नरेसशंकर पालिखे, क्याम्पस संचालक समितिका सदस्य शिवलाल मल्ल, प्राध्यापक संघका सभापति ईन्द्रकमल मानन्धर, जनप्रिय क्याम्पसका क्याम्पस प्रमुख विरेन्द्र गौतम, क्याम्पसका प्रिन्सिपल सुरेसकुमार मानन्धरले, छात्रा कल्याणकारी समितिका अध्यक्ष अनु श्रेष्ठ लगायतले शिक्षाको बारेमा चर्चा गरेका थिए ।

एक बर्ष भरी विभिन्न कार्यक्रमको आयोजना गरी क्याम्पसले रजत जयन्ती मनाउने भएको क्याम्पसका प्रिन्सिपल सुरेसकुमार मानन्धरले बताए । क्याम्पसले सोमबार रजत जयन्तीको अवसर पारी प्रभातफेरी र रक्तदान कार्यक्रमको आयोजना गरयो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस