जनप्रर्दशन र विशाल जनसभालाई भव्य बनाउन उपसमितिहरु गठन

  • पोखरा न्यूज
  • २०७२ मंसिर २२
Post Thumbnail

पोखरा, २२ मंसिर-
तमुवान संयुक्त संघर्ष समिति तमुवान प्रदेश र मगराँत संघर्ष समिति मगराँत प्रदेशले मंसिर २८ गते तमुवानको राजधानी पोखरामा आयोजना गर्ने जनप्रर्दशन र विशाल जनसभामा भव्य र सभ्य बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

जनप्रर्दशनमा अधिक सहभागीता जुटाउनका लागि तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमु संयोजक रहेको उपसमिति गठन गरिएको छ । उपसमितिको सदस्यहरुमा गणेशमान तमु, कुमार थापामगर, गिरीप्रसाद तमु, पानबहादुर घर्ती भुजेल, पुष्पा तमु, श्रीप्रसाद घले, नौबहादुर तमु रहनुभएको छ। यसरी नै प्रचार प्रसारमा तमुवान संयुक्त संघर्ष समितिका सचिव गजेन्द्र सुब्बा, रुद्र श्रीस मगर, फरेन्द्र थापामगर रहनुभएको छ ।

यसरी नै रयाली व्यवस्थापन उपसमितिको संयोजकमा जगनबहादुर तमु, सदस्यहरुमा एसटुओ हर्कबहादुर तमु, इन्स्पेक्टर मानकाजी तमु, पदमबहादुर तमु, प्रेमबहादुर तमु, चेतनप्रकाश तमु, क्या.मेकबहादुर तमु, पानबहादुर घर्ती भुजेल, टेकबहादुर तामाङ, चिनबहादुर तमु, कृष्णबहादुर तमु रहनुभएको छ ।

मंगलवार सम्पन्न बैठकले मञ्च व्यवस्थापन उपसमिति संयोजकमा पुरनध्वज तमु, कुलबहादुर तमु, सुवेदार मेजर नारायणसिंह तमु, अतिथि सत्कारमा गणेशमान तमु, दीपक तामाङ, जितबहादुर तमु, सुन्दर तमु, पुष्पा तमु, मिरा तामाङ, देवीराज तमु रहेको सचिव गजेन्द्र सुब्बाले जानकारी दिनुभयो । यसरी नै स्वयंसेवक परिचालन एवं सुरक्षा उपसमितिमा तमुवान युथ फोर्स, दिलिप तमु, खानेपानी तथा प्राथमिक उपचार उपसमिति संयोजकमा असिलाल चौधरी रहनुभएको छ ।

पोखरा सभागृहबाट शुरु हुने रयाली चिप्लेढुंगामा परिणत हुने र सभालाई मधेश आन्दोलनका नेता उपेन्द्र यादव, थारुवान थरुहट आन्दोलनका नेता भानुराम थारु, लिम्बुवान आन्दोलनका नेता कुमार लिङ्देन, आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रवक्ता प्राडा.ओम गुरुङ, खसान आन्दोलनका नेता प्रेमबहादुर खाती, तमु धिं नेपालकी अध्यक्ष कर्म तमु लगायत लगायत तमुवान र मगराँतका नेताहरुले सम्बोधन गर्नुहुने बताइएको छ ।

तमुवान प्रदेश घोषणा, मगराँत भुमि नटुक्रने गरी मगराँत प्रदेश घोषणा, देशैभर भई रहेका अधिकार प्राप्ति आन्दोलनरत पक्षको माग पुरा गराउन, पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस लगायत विविध सामग्रीहरुको सहज आपूर्ति व्यवस्था गराउन, कालोबजारीलाई कडा कारवाही र नेपाल सरकारलाई जिम्मेवार बनाउन बृहत प्रर्दशन एवं विशाल जनसभा आयोजना गरिएको आयोजकले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस