सिकाई प्रभावकारी सिकाउने प्रशिक्षकमा भर पर्ने – पौडेल

  • पोखरा न्यूज
  • २०७२ मंसिर २३
Post Thumbnail

पोखरा, २३ मंसिर-
दीपशिखा सामुदायिक पुस्तकालय द्धारा आयोजित सकारात्मक सोच एवं नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

लेखनाथ १ भण्डारढिकमा रहेको पुस्तकालयको सभाहलमा सोमबार र मंगलबार चलेको तालिममा लेखनाथका विभिन्न वडाका २५ जना महिलाहरुको सहभागीता रहेको थियो ।

रेडियो गण्डकीका स्टेशन म्यानेजर घनश्याम पाण्डेयले प्रशिक्षण दिनु भएको तालिममा सहभागीहरुले तालिमले आफुहरुलाई घर परिवार समाज प्रति बढि जिम्वेवार बनाएको भन्दै तालिम फलदायि भएको बताएका थिए । रिड नेपाल र प्राक्टिकल एक्सनको आर्थिक सयोगमा भएको तालिमको समापन कार्यक्रममा बोल्दै दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णहरी भण्डारीले पुस्तकालय खुल्ला विश्व विद्यालय भएको बताउदै पुस्तक पढ्न कम्युटर र अन्य केही सीप सिक्न चाहे निशुल्क रुपमा तालिमको ब्यबस्था गरीएको बताउनु भयो । तालिमका प्रशिक्षक घनश्याम पाण्डेयले तालिम लिनु दिनु ठुलो कुरा नभएर तालिम पछि ब्यबहार परिवर्तन हुनु पर्नेमा जोड दिनु भयो । तालिम अगाडी र पछाडीमा सहभागीमा फरक देखीनु पर्ने बताउनु भयो ।

तालिमका संयोजक होमराज पौडेलले सवैको लागि पुस्तकालय खुल्ला रहेको बताउनु भयो । उहाँले तालिम सोचे भन्दा पनि बढि फलदायी भएको बताउदै सहभागीहरु लाई ब्यबहारमा उर्तान आग्रह गर्नु भयो । सहभागी लिला गवुर्जा पुन र पवित्रा अधिकारीले तालिममा आफुहरुले धेरै कुरा सिक्ने अबसर पाएको भन्दै अबसरको लागि दीपशिखा लाई धन्यबाद दिनु भयो । सिकाई प्रभावकारी सिकाउने प्रशिक्षकमा भर पर्ने रहिछ भन्दै आफुले शिक्षण पेशामा आबद्ध भए पनि यस्तो महत्वपुर्ण तालिम अहिले सम्म नलिइएको बताउनु भयो । युवा बर्ग लाई पनि तालिममा समेट्न उहाँहरुको सुझाब थियो । समापन कार्यक्रमको सञ्चालन दिपशिखाका प्रविणा विश्वकर्माले गर्नुभएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस