लेकसाईड क्षेत्रमा रातिको समयमा पार्किङ निषेध गरिने

पोखरा ,२३ मंसिर-

पोखराको मुख्य पर्यटकीय स्थल लेकसाईड तथा पोखरा ६ को क्षेत्रमा रातिको समयमा सडकमै पार्किङ गरे अब कार्रवाही हुने भएको छ । सरोकारवालाहरुको एक भेलाले लेकसाईड क्षेत्रमा रातिको समयमा रातभर पार्किङ गर्न निषेध गरेकोले आगामी दिनमा कसैले पार्किङ गरेको खण्डमा कार्रवाही हुने भएको हो ।

केहि दिन अघि मात्र लेकसाईडमा भारतीय नम्वर प्लेटको गाडी माथि आगजनी भए पछि सुरक्षाको दृष्टिले सडकमै अव्यबस्थित रुपमा पार्किङ गर्न नमिल्ने भएकोले पोखराको लेकसाईड क्षेत्रमा रातिको समयमा पार्किङ निषेध गरीएको फेवाताल संरक्षण तथा व्यावस्थापन कार्यालयका प्रमुख महेन्द्र गोदारले बताए । नागरीक समाज पोखरा, पोखरा ६ को टोल विकास समन्वय समिति, ट्राफिक कार्यालय बैदाम, फेवाताल संरक्षण तथा व्यावस्थापन कार्यालय, पश्चिमाञ्चल होटल संघ, नाट्टा क्षेत्रिय संघ, टान पश्चिाञ्चल क्षेत्रिय संघ, फेवाताल ट्याक्सी ईकाई समिति लगायतको संयुक्त भेलाले उक्त निर्णय गरेको प्रमुख गोदारले बताए । उनले भने “अब देखि सवैले लेकसार्ईड क्षेत्रमा व्यबस्थित पार्किङ गर्ने छन यदी, कसैले लेकसाइड तथा पोखरा ६ क्षेत्रमा रातिको समयमा पार्किङ गरेको खण्डमा उनीहरु उपर कार्रवाही हुन्छ ।” त्यसै गरी हालै सम्पन्न भएको उक्त भेलाले लेकसाईड क्षेत्रमा दिनको समयमा पनि कुनै पनि सडकलाई अवरोध हुने गरी पार्किङ गर्न नपाउने, दिउसोको समयमा व्यबस्थीत पार्किङ गर्नु पर्ने, लेकसाईड क्षेत्रमा ट्याक्टर र ट्रक बिहान ९ बजे देखि वेलुका ५ बजेसम्म मात्र प्रबेस गर्न पाउने, लेकसाईड क्षेत्रमा गरीने माईकिङ र ठुलो आवाज आउने सवारी साधनहरुलाई ध्वनि प्रदुषण हुने भएकोले निषेध गरीएको प्रमुख गोदारले बताए ।

केहि समय अघि लेकसाईड क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरे पनि यसलाई पुर्ण रुपमा कार्यन्वयन गर्ने गराउने, पर्यटकहरुको आमगन हुने स्थल भएकोले उनीहरुलाई असर नपर्ने गरी सावारी साधनहरुको संचालन, व्याबस्थापनमा बिषेश ध्यान दिने गरी सवैले नियम पालना गर्नु पर्ने पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले बताए । लेकसाईड क्षेत्रमा सडक साँघुरो भएकोले पनि पार्किङ गर्दा पर्यटन व्यावसायी तथा चालकहरुले बिषेश ध्यान दिनु पर्ने उनको भनाई छ । भेलाले ट्याक्सीहरुको लागि समेत छुट्टा छुट्टै पार्किङको व्याबस्था मिलाएको छ । त्यस्तै अम्वोट चोक ५ वटा ट्याक्सी पार्किङ गर्ने, फिस्टेल गेटमा ५, नारेश्नरमा ४, खहरेमा ३, सोसाईटीबैंक क्षेत्रमा २, मिराचोकमा ४, गौरीघाँटमा १२, लक्ष्मण रेण्टुरेण्ट अगाडी ३, लेक भ्यु रिसोट छेउमा ५ वटा ट्याक्सीहरु पार्किङ गर्ने निर्णय भएको छ । पर्यटक गाडीहरुको लागि पर्यटक वस पार्क राष्ट्र बैंकचोकमा रहेकोले सो क्षेत्रमा खासै कम मात्रमा पर्यटक गाडीहरु पार्किङमा राखेको देखिन्छ अन्य गाडीहरु कोहिका घर, होटल , रेष्टुरेण्ट त कोहिले सडकमै पार्किङ गर्दै आएका छन । लेकसाइड हर्न निषेधित क्षेत्र घोषणा भए पनि ट्राफिक सचेतनाका वोडहरु समेत खासै नभएको एक ट्रेकिङ व्यावसायी नारायण सुवेदीको गुनासो गरेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button