पोखरा, २३ मंसिर-
‘कोलगेट ह्वाईट भिजिबल मिस पोखरा २०१५’का सहभागीहरुले बुधबारदेखि बिरालो चाल (क्याटवाक) हिँड्न थालेका छन् । कोरियोग्राफर जयन सुब्बा मानन्धरले सहभागी यूवतीहरुलाई विरालो चाल हिँड्न सिकाईरहेकी छन् ।
यसअगाडि प्रतियोगिताको आयोजक पोखरा जेसिजले विभिन्न व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धि तालिम दिईसकेको छ । पुस १५ गते पोखरा सभागृहमा हुने सातौँ मिस पोखराको ग्राण्ड फिनालेको लागि सहभागीहरुलाई सम्पूर्ण खाले प्रशिक्षण दिने क्रममा बुधबारदेखि क्याटवाक सेसन शुरु गरेको हो ।
सातौँ सँस्करणको मिस पोखराका सहभागीहरुलाई सम्पूर्ण रुपले तयार बनाउन प्रशिक्षण दिईरहेको यसका आयोजकले बताएका छन् । यो सँस्करणदेखि मिस पोखराको व्यवस्थापनको जिम्मा ईभेन्ट कम्पनी ‘ईभेन्ट्स फर यू’ले लिएको छ । व्यवस्थापकिय हिसाबले पनि यो पटक कम्पनीले निकै मेहेनत गरिरहेको आयोजकले बताएका छन् ।
मिस पोखराको प्रशिक्षण राउण्ड अन्तरगत शनिबार सहभागीहरुले एसओएस बालग्राममा भिजिट गर्ने कार्यक्रम रहेको छ । साथै उनीहरुलाई पोखराको विभिन्न साँस्कृतिक तथा ऐतिहासिक स्थानमा पनि घुमफिर गराउने कार्यक्रम भएको ईभेन्ट्स फर यूका व्यवस्थापक सुशिल नेपालीले जानकारी दिए । ‘सहभागीहरुलाई सम्पूर्ण प्याकेज अनुसारको प्रशिक्षण र शिक्षामुलक जानकारी गराउन हामी लागेका छौँ ।’ उनले भने–‘यसो गर्दा उनीहरु भित्र रहेको प्रतिभा प्रस्फुटित गराउन सजिलो हुन्छ ।’
कोलगेट ह्वाईट भिजिबल मिस पोखरा २०१५ को को–स्पोन्सरमा एब्सिका ईन्टरनेशनल एजुकेशन, सब स्पोन्सरमा ग्लोबल रिच एजुकेशन सर्भिसेज प्रा लि, स्पोन्सरमा कान्तिपुर डेन्टल हस्पिटल, चेरिष्मा ईम्पोरियम एण्ड बुटिक र प्रथम पुरस्कार स्पोन्सरमा ग्लोबल मोटर्स प्रालि रहेका छन् ।
मिस पोखराको सातौँ सँस्करणको विजेताले पुरस्कार स्वरुप पचास हजार नगद, एउटा स्कुटर र गोल्डेन क्राउन प्राप्त गर्नेछिन् । पोखराको हकमा सुन्दरी प्रतियोगिताको विजेतालाई गोल्डेन क्राउन पहिराउन लागिएको यो पहिलो पटक हो । त्यस्तै प्रतियोगिताको फस्ट रनर अपले ३० हजार रुपैयाँ र सेकेन्ड रनरअपले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । मिस पोखराको विजेताले विभिन्न खाले अवसरसँगै सोझै मिस नेपालमा सहभागिता समेत जनाउन पाउनेछिन् ।
मिस पोखराको सातौँ सँस्करणको लागि २३ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । ईभेन्टबाट करिब २७ लाख रुपैयाँ आम्दानी गर्ने उसले लक्ष्य लिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution