पोखरा, २४ मंसीर –
गृह मन्त्री शत्तिबहादुर बस्नेतले नयाँ संविधान सम्सोधन गरेरै तराई तथा मधेषीहरुको माग सुम्वोधन हुने बताएका छन । क्रान्तीकारी पत्रकार संघ कास्कीले विहिबार पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा वोल्दै मन्त्री वस्नेतले नयाँ संविधान जारी भए पनि तराई तथा मधेषीहरुको माग संविधान सम्सोधन गरी सम्वोधन गर्नुको विकल्प नभएको बताएका हुन ।
उनले भने “सडकमा आन्दोलन गरेर मात्र हुदैन सहमती, छलफल र वार्ताबाटै समस्या समाधान गर्न सरकार हरदम तयार छ, हामी तराई तथा मधेषमा उत्पन्न भएको विवादलाई संविधान संम्सोधन गरी टुंगाउन चाहान्छौं ।” सरकारले सिमाङकनको बिषयलाई लिएर संघीय आयोग बनाउन तयार भएको बताउदै उनले तराईको मात्र सम्वोधन गर्दा हिमाल र पहाडका व्यक्तिहरुलाई चिढ्याउन नखोजेको जनाए ।
राजमार्ग तथा सडकहरुमा कसैले अबरोध गर्न नदिने चेतावनी दिएका गृह मन्त्री वस्नेतले तराई क्षेत्रमा उत्पन्न भएको अबरोध हटाउन सरकार हरपल लागि रहेको जनाए । सरकारले कुनै व्यक्तिहरुको माग भन्दा सामाजिक हित हुने राष्ट्रीय आवश्यकतालाई मध्यनजर गर्दै त्यस्ता मागलाई सम्वोधन गर्न तयार भएको उनले बताए । उनले भने “अब कसैलाई सडक तथा राजमार्गमा वन्द हड्ताल गर्ने कुनै छुट दिदैन । ” तराई मधेषमा उत्पन्न भएको विवाद छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्दै गृह मन्त्री वस्नेतले नेपाली जनताको भावना विपरित सरकारले कुनै पनि मुद्धामा सम्झौता गर्न नसक्ने दाबी गरे । जनताले धैयतापुर्वक राष्ट्रिय आवश्यकतालाई पुरा गर्न सरकारलाई साथ दिदै आएकोमा धन्यवाद दिदै गृह मन्त्री वस्नेतले सुरक्षा योजना मजबुद बनाएको बताए ।
विषम परिस्थितिमा जनताको जिउ, धनको सुरक्षाको लागि कुनै कसर बाँकी नराख्न सुरक्षा निकायलाई निर्देशन दिदै उनले भने “असजह परिस्थितिमा सुरक्षा निकायको भुमिका अझ प्रभावकारी हुनुपर्दछ्, कत्तिपनि विचलित नभइकन शान्ति सुरक्षा, अमनचयन कायम गर्नमा सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुहोस, कोहि आफ्नो कर्तव्य पालना गर्न नचुक्नु होस । ” गृह मन्त्री पोखरा आए पछि पोखराका मुख्य चोक चोकमा सुरक्षा व्याबस्था कडा पारिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution