महिलाहरुलाई कालोबजारी नियन्त्रणका लागी प्रशिक्षण हुने

पोखरा, २४ मङ्सिर –

सामाजिक जागरणका लागि नारी अभियानले कालोवजारी नियन्त्रणका लागि महिलाहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

विहीवार पोखरामा सम्पन्न अभियानको वैठक तथा समिक्षा गोष्ठीले उक्त निर्णय गरेको हो । अभियन्ता सुष्मा पौडेलको संयोजकत्वमा सम्पन्न वैठकले पोखरामा आयोजना गरिएको वृहत सद्भाव रयालिमा प्रत्यक्ष प्रत्यक्ष सहयोग गर्नेदेखी, सहभागि हुने र रयालि व्यवस्थापन समितिका विभिन्न उपसमितिलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोग र सहकार्य गर्न अनुरोध गरेको छ । साथै एक दिने वैकल्पिक उर्जा सम्वन्धि कार्यक्रमका प्रशिक्षक तथा सहभागि सवैलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

कार्यक्रम गर्नका लागि मात्र कार्यक्रम आयोजना नगरि समयसार्दभिकता अनुरुपको प्रभावकारी कार्यक्रम आयोजना गर्ने संस्थाको लक्ष्य अनुरुप कालोवजारी नियन्त्रणका लागि उपभोक्ता हक अधिकार तथा अनुगमन सम्वन्धी महिलाहरुलाई प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको अभियानका संयोजक सुष्मा पौडेलले जानकारी दिएकी छिन् ।

वैठकले प्रशिक्षण कार्यक्रम सम्पन्न गर्न अञ्जु केसीको संयोजकत्वमा एघार सदस्सिय उपसमिति समेत चयन गरेको छ । जसको सह संयोजकत्वमा शान्ता पुरी, अर्थ संयोजकमा यमकला जिटी रहेकी छिन् भने सदस्यहरुमा उर्मीला पौडेल, पवित्रा केसी, पार्वति कार्की, अंविका खड्का, सम्झना सुनार, सविता अधिकारी, कमला गिरी, उषा गोशेली रहेका छन् ।

कार्यक्रममा शान्ती पौडेल, सरिता घिमीरे, मेनुका पौडेल, ज्ञानु सुवेदी, पार्वती पौडेल, समिता अधिकारी, लक्ष्मी पोख्रेल, कमलादेखी गिरी, यमकला जिटी, पार्वती कार्की, पबित्रा केसी, अञ्जु उशा गोसेली, शान्ता पुरी गायतले अभियान थालनी भएको एक महिना नपुग्दै उल्लेख्य कार्य गर्न सफल भएको वताए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button