कास्कीमा शुक्रबार शक्ति र गृहलक्ष्मी ग्याँस वितरण हुदै – विवरण सहित

पोखरा, २४ मंसीर –

कास्की जिल्लामा शुक्रबार शक्ति र गृह लक्ष्मीको ४ हजार ४ सय ७० खाना पकाउने एल.पी. ग्याँस वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार शक्तिको २  हजार ४ सय २०  र गृह लक्ष्मीको २ हजार ५० वटा आधा ग्याँस सिलिण्डर कास्की  क्षेत्रमा रहेका ग्याँसका डिलरबाट मात्र वितरण हुने भएको हो ।

कास्की जिल्लामा निम्न कम्पनीको ग्याँस निम्न विक्रेताहरुबाट मिति २०७२।८।२५ गते विहान १० बजेदेखि निम्न परिमाणमा वितरण गरिदैछ-

ग्यास

यसैबीच ग्याँस लिनको लागि प्रत्येक डिलरकोमा विगतको विक्री परिमाणको अनुपातमा संख्या निर्धारण गरी ग्याँस झार्ने व्यवस्था सम्बन्धित ग्याँस कम्पनीले मिलाउनु पर्ने समेत जिल्ला प्रशासन कार्यलयले जनाएको छ । प्रत्येक विक्री केन्द्रमा पहिले आउने उपभोक्ताले सम्वन्धित कम्पनीको खाली सिलिण्डर बुझाएपछि रु.७००।– (सातसय) तिरी ७.१ के.जी. को ग्याँस सिलिण्डर पाउने छन  । ग्याँस विक्री वितरण गर्दा खटिएका सुरक्षाकर्मी, स्थानीय नागरिक समाज, टोल सुधार समिति, आमा समूहको रोहवरमा उपभोक्ताको नाम, ठेगाना, उपभोक्ताको मोवाइल नं. र हस्ताक्षर सहितको अभिलेख राखी वितरण गर्न र सो को अभिलेख जिल्ला प्रशासन कार्यालय, कास्कीमा बुझाउनु पर्ने समेत प्रशासनले उल्लेख गरेको छ  ।

ग्यास  वितरणमा सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले समन्वयात्मक रुपमा मिलाउने बताउदै प्रशासनले शारीरिक तथा मानसिकअशक्त अपाङ्ग परिचय पत्र भएकाहरुलाई राष्ट्रिय अपाङ्ग महासंघ जिल्ला समितिको सिफारिसमा ३० थान गृहलक्ष्मी कम्पनीको ग्याँस सिलिण्डर खड्का किराना स्टोर्स, प्रतिभा टोल नयाँ गाउँ पोखरा १५ उपलब्ध गराउने  बताएको छ ।

लेखनाथ नगरपालिकाको हकमा भने  पुनः निर्णय गरी सूचना प्रकाशित गरिने प्रशासनले वाताएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button